१० वर्षदेखि बाँझो जग्गामा सामूहिक भैंसीपालन

१० वर्षदेखि बाँझो जग्गामा सामूहिक भैंसीपालन

  • शुक्रबार, कार्तिक ५, २०७८
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

लमजुङ, ४ कात्तिक । १० वर्षदेखि बाँझो रहेको लमजुङको राइनास नगरपालिका(१ साइलीटारमा सामूहिक भैंसीपालन सुरु गरिएको छ । खेर गएको बाँझो जमिनमा ३४ जना स्थानीय आबद्ध भई भैंसीपालन सुरु गरेका हुन् ।

‘दिगो कृषि व्यवस्थापन तथा अनुसन्धान सहकारी’ मार्फत भैंसीपालन सुरु गरिएको सहकारीका अध्यक्ष खिला शर्मा घिमिरेले बताए ।

सहकारीमा आबद्ध सदस्यले प्रतिव्यक्ति २० हजार रुपैयाँ संकलन गरी वीरगञ्जबाट मुर्रा जातको थारा भैंसी ल्याई व्यवसाय सुरु गरिएको अध्यक्ष घिमिरेले बताए । उनका अनुसार सुरुमा २० वटा थारा भैंसी र प्रजननका लागि एउटा राँगा पालिएको छ । कम लगानी, समय र श्रममा धेरै आम्दानी लिन सकिने भएकाले सामूहिक रूपमा भैंसीपालन व्यवसाय सुरु गरिएको उनको भनाइ छ ।

कोरोना भाइरसले अहिले असहज परिस्थिति सिर्जना गरेकाले सहज परिस्थित सिर्जना भएसँगै दुहुना भैंसी पाल्ने र दूध संकलन र बिक्री कार्यलाई अघि बढाइने सहकारीको लक्ष्य छ । कोरोनाले निम्त्याएको यो संकटपूर्ण समयलाई पनि आफूहरूले अवसरको रूपमा उपयोग गरी खेर गएको ६ सय रोपनी बाँझो जमिनको उपयोग गरी कृषि तथा पशुपालनलाई अघि बढाइएको अध्यक्ष घिमिरेले बताए ।

मसार कागती पकेट समितिका अध्यक्ष गजेन्द्रराज घिमिरेले दुई सय रोपनी जग्गामा कागती खेती सुरु गरिएको बताए । ‘६ सय रोपनी बाँझो जग्गामध्ये तीन सय रोपनीमा भैंसीपालन र दुई सय रोपनी क्षेत्रफलमा कागती खेती सुरु गरिएको छ,’ उनले भने । कृषि ज्ञान केन्द्रको सहयोगमा दुई सय रोपनी जग्गामा ४५ सय सुन कागती जातको कागतीका बिरुवा लगाइएको उनले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी