चीनले दुई पटक हाइपरसोनिक हतियार परीक्षण गरेको पुष्टि

चीनले दुई पटक हाइपरसोनिक हतियार परीक्षण गरेको पुष्टि

  • बिहिबार, कार्तिक ४, २०७८
  • मिर्मिरे अनलाइन

  • 14K
    SHARES

लन्डन, ४ कात्तिक । चीनले जुलाई र अगस्ट गरी दुई पटक नयाँ हाइपरसोनिक हतियार परीक्षण गरेको फाइनेन्सियल टाइम्सले खुलासा गरेको छ । यो खुलासासँगै चीनको भूराजनीतिक प्रतिद्धन्द्धी अमेरिका चिन्तित बनेको छ ।

क्षेप्यास्त्र परीक्षणले अमेरिकी सेना र गुप्तचर अधिकारी स्तब्ध बनेको पत्रिकाले टिप्पणी गरेको छ । पत्रिकाअनुसार चीनले पहिलोपटक जुलाई २७ मा आणविक हतियार क्षमतायुक्त हाइपरसोनिक ग्लाईड भेहिकललाई पृथ्वीको परिक्रमा गराएपछि लक्ष्यतर्फ पठाएको थियो ।

त्यसको दुई सातापछि १३ अगस्टमा चीनले दोस्रो हाइपरसोनिक परीक्षण गरेको थियो । चिनियाँ सेनाको प्रगतिबाट अमेरिका अत्तालिएको छ । अमेरिकी वैज्ञानिकहरुले हाइपरसोनिक हतियारको क्षमताबारे चासो देखाउँदै आएको छ । चीनको आणविक हतियार क्षमताबाट राष्ट्रपति जो बाइडेन प्रशासन चिन्तित छ । यस्तो उपकरण अमेरिकासँग भने छैन् ।

चीनको विदेश मन्त्रालयले यसअघि अन्तरिक्षमा विमान मात्र पठाएको जनाएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी