दोस्रो कौसी क्विनको उपाधि राधालाई

दोस्रो कौसी क्विनको उपाधि राधालाई

  • आइतवार, अशोज २४, २०७८
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

काठमाडौं, २४ असोज । एनटीएस कौसी क्विन, २०७८ को उपाधि राधा ढकालले जितेकी छन् । प्रज्ञान क्रिएसनले आयोजना गरेको दोस्रो संस्करणको प्रतियोगितामा ललितपुरकी राधाले शीर्ष उपाधिसँगै ५० हजार रुपैयाँ नगद बराबरको कौसी खेतीका सामग्री पुरस्कार प्राप्त गरेकी छन् । उनलाई पहिलो कौसी क्विन भगवती श्रेष्ठले ताज पहिराएकी थिइन् ।

प्रतियोगितामा भक्तपुरकी विनिता राजभण्डारी फर्स्ट रनरअप, बनेपाकी विजया मानन्धर सेकेन्ड रनरअप, पोखराकी सरस्वती अधिकारी थर्ड रनरअप र तनहुँकी विमला कार्कीले फोर्थ रनरअप बने । उपाधिसँगै उनीहरूलाई क्रमशः २० हजार, १५ हजार, १० हजार र पाँच हजार रुपैयाँ बराबरको कौसी खेतीका सामग्री पुरस्कार स्वरूप प्रदान गरिएको थियो ।

भक्तपुरकी पुष्प व्यवसायी राधा मताङ्गीलाई ‘फ्लावर क्विन’को उपाधि दिइएको प्रतियोगितामा इजरायली राजदूत हनान गोदेर, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा। गोविन्दप्रसाद शर्मा, राष्ट्रिय किसान आयोगकी सदस्य जीवन्ती पौडेल, पूर्व कृषि सचिव राजेन्द्र गिरीलगायतको अतिथिको उपस्थिति थियो ।

प्रतियोगितामा देशभरबाट ७५ जना नारीले प्रतिस्पर्धा गरेका थिए । ती सबै प्रतियोगीलाई सान्त्वना स्वरूप एक हजार रुपैयाँ बराबरको पुरस्कारसमेत प्रदान गरिएको आयोजक संस्थाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी