मल अनुदानमा वृद्धि, पाँच लाख १८ हजार मेट्रिकटन रासायनिक मल आयात गर्ने

मल अनुदानमा वृद्धि, पाँच लाख १८ हजार मेट्रिकटन रासायनिक मल आयात गर्ने

  • सोमवार, अशोज ११, २०७८
  • मिर्मिरे अनलाइन

  • 10.4K
    SHARES

काठमाडौँ, ११ असोज । सरकारले चालू आवमा पाँच लाख १८ हजार मेट्रिकटन रासायनिक मल आयात गर्ने भएको छ । गत वर्षको तुलनामा करिब एक लाख भन्दा बढी मल आयात गर्न लागिएको आज यहाँ आयोजित कार्यक्रममा जानकारी दिइयो ।

मलखाद व्यवसायी सङ्घ नेपालको पाँचांै साधरणसभा तथा दोस्रो महाधिवेशनमा यहाँ आज आयोजित कार्यक्रममा कृषि तथा पशुपक्षी मन्त्रालयका सचिव कृष्णप्रसाद आचार्यले मल आयातमा गत वर्ष रु १० अर्ब ५० करोडको अनुदान दिइएकामा यसवर्ष रु १२ अर्बको अनुदान दिन लागिएको जानकारी दिनुभयो ।

अर्का सचिव डा गोविन्द शर्माले कृषि उत्पादनमा आवश्यक रहेको मल वितरण प्रक्रियामा निजी क्षेत्रको संलग्नता रहेपनि मूल्य निर्धारणमा एकरुपता नरहेको भन्ने गुनासो आएकोमा चिन्ता व्यक्त गर्नुभयो । सरकारले तोकेको मूल्यमा व्यवसायीले किसानको खेतबारीमा मल पु¥याउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

सरकारले साल्ट ट्रेडिङ कर्पोरेशन र कृषि सामग्री कम्पनी लिमिटेडमार्फत मल भारतलगायत अन्य मुलुकबाट आयात गर्ने व्यवस्था छ । किसानको पहुँचमा मल पु¥याउन यी संस्थाले केही सहकारी र निजी क्षेत्रका व्यवसायीलाई मल बिक्री गर्ने गर्दछन् । साल्ट ट्रेडिङ कर्पोरेशन, कृषि सामग्री कम्पनीलगायत संस्थाका प्रतिनिधिले मलको सुरक्षित भण्डारण गर्न नसकेमा त्यसको गुणस्तरमा समस्या आउने उहाँले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी