आजबाट ऐतिहासिक रुपमा अन्तरीक्ष पर्यटन शुरुः अमेरीकाबाट चार जना उडे

आजबाट ऐतिहासिक रुपमा अन्तरीक्ष पर्यटन शुरुः अमेरीकाबाट चार जना उडे

  • बिहिबार, भदौ ३१, २०७८
  • मिर्मिरे अनलाइन

  • 12.5K
    SHARES

आजबाट औपचारीक रुपमा पृथ्वीबाट अन्तरीक्षमा आम नागरिकले यात्रा गर्न सक्ने भएका छन् । यस अघिको विभिन्न परीक्षणपछि अमेरीकाका ब्यापारी एलन मस्कको कम्पनीले अन्तरीक्ष यात्री पठाएको हो । चार जना अन्तरीक्ष यात्री पृथ्वीबाट ५७५ किलो मिटर उचाईमा तीन दिन सम्म रहनेछन् । ती चार अन्तरीक्ष पर्यटकहरुमा ३८ बर्षे जेयर्ड ईसाकम्यान, २९ वर्षे हेयली आर्केनो ,५१ बर्षे शान प्रोक्टर, क्रिस सेम्ब्रोस्की रहेका छन् । हेयली हड्डीको क्यान्सर लागेर पनि बाँच्न सफल एक चिकित्सक हुन् ।
नासाको फ्लोरीडा स्थित स्पेस स्टेसनबाट उनीहरुलाई उडाईएको हो । नेपाली समय अनुसार आज बिहान ५ बजेर १७ मिनेटमा एसेसएक्सको यान अन्तरीक्षका लागि प्रस्थान गरेको छ ।
पृथ्वीबाटै एसेसएक्सले सो यानलाई नियन्त्रित गरीरहेको छ । २००९ पछि पहिलो पटक मानिस सबै भन्दा बढी उचाईमा पुग्न लागेको हो । त्यो समयमा वैज्ञानिक हबल टेलिस्कप मर्मतका लागि ५४१ मिटरको उचाईमा पुगेका थिए ।
यो अन्तरीक्ष पर्यटनको उदेश्य टेनेसीमा रहेको सेन्ट जुड चिल्ड्रन अस्पताललाई सहयोग जुटाउनु हो । २० करोड डलर जुटाउने लक्ष्य राखिएको बताईएको छ ।
अब आम मानिसले अन्तरीक्ष पर्यटनमा जान सक्ने यस अघि नै एलन मस्कले घोषणा गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी