नमोबुद्ध नगरपालिकाद्धारा कृषकलाई अनुदानमा कृषि यन्त्र वितरण

नमोबुद्ध नगरपालिकाद्धारा कृषकलाई अनुदानमा कृषि यन्त्र वितरण

  • बिहिबार, भदौ ३१, २०७८
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

दाप्चा -नमोबुद्ध नगरपालिका वडा नं. १० का किसानलाई अनुदानमा आधुनिक कृषि यन्त्र उवतरण गरिएको छ ।
बुधबार वडा कार्यालयमा आयोजित कार्यक्रममा नमोबुद्ध नगरपालिकाका प्रमुख टिपी शर्मा तिमल्सिनाm उपप्रमुख रामदेवी तामाङ, प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल, वडा अध्यक्ष रामकृष्ण अधिकारी लगायतले किसानलाई कृषि यन्त्र वितरण गरेका थिए । कार्यक्रममा वडाका ८१ जना किसानलाई नमोबुद्ध नगरपालिका र वडा नं १० बाट ट्रयाक्टर, स्प्रे पम्प, च्याफ कटर ९भुसा काट्ने मेसिन०, कुटानी तथा पिसानी मिल लगायतका यन्त्र वितरण गरेका हुन् । वडाका २६ जना किसानलाई पिसानी मिल तथा १ जना किसानलाई कुटानी मिल अनुदानमा वितरण गरिएको छ । यस्तै च्याफ कटर १९ वटा, स्प्रे पम्प १४ वटा, मकै छोडाउने मेसिन १ वटा, ट्याक्टर ७ वटा, पानी तान्ने ठूलो मेसिन एकवटा वितरण गरिएको छ ।
वितरण गरिएका सामानमध्ये नगरपालिकाको आर्थिक बर्ष २०७७÷७८ को कार्यक्रमअन्तर्गत ५० प्रतिशत अनुदानमा १२ वटा स्प्रे पम्प, ७५ प्रतिशत अनुदानमा ६ वटा च्याफकटर र ५० प्रतिशत अनुदानमा २ वटा ट्याक्टर वितरण गरिएको छ । बाँकी कृषि यन्त्र वडा कार्यालयको आर्थिक बर्ष २०७७÷७८ र आर्थिक बर्ष २०७८÷७९ को बजेटबाट ७० प्रतिशतसम्म अनुदानमा उपलव्ध गराइएको छ ।
कृषि यन्त्र वितरण कार्यक्रममा संवोधन गर्दै नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले कृषि, व्यापार र पर्यटन, हाम्रो सशक्त अभियान भन्ने नारालाई मुर्तरुप दिन आफूहरु लागिपरेको बताए । वडा नं। १० लाई भैसीपालनको पकेट क्षेत्रको रुपमा विकास गर्दै अघिल्लो आर्थिक बर्षमा उन्नत जातका भैसीका पाडी वितरण गरिएको बताउँदै नगर प्रमुख तिमल्सिनाले उत्पादित कृषि उपजको बजारीकरणको जिम्मा नगरपालिकाले लिने पनि बताए । कृषि क्षेत्रको विकासबाटै समृद्ध नमोबुद्ध नगरको सपना साकार पार्न सकिने भएकाले सोहीअनुसारको नीति तथा कार्यक्रम तय गरिएको तिमल्सिनाको भनाई छ । नगर प्रमुख तिमल्सिनाले नगरमा वडा कार्यालय, स्वास्थ्य संस्था लगायतका भौतिक पुर्वाधारको निर्माणलाई समेत प्राथमिकताका साथ अघि बढाइएको बताए ।
कार्यक्रममा उपप्रमुख रामदेवी तामाङले सीमित स्रोतसाधनबाट कृषि क्षेत्रको विकासका लागि अगाडि बढ्ने प्रयास गरिएको बताइन् । अनुदानमा प्राप्त सामग्रीको सही सदुपयोग गर्न आग्रह गर्दै उनले उत्पादित सामग्रीलाई बजारसम्म लैजान सहज होस् भन्ने उद्देश्यले नगरका सबै क्षेत्रमा सडक निर्माणलाई प्राथमिकता दिइएको पनि बताइन् । किसानले कतिपय अवस्थामा आफ
ले उत्पादन गरेका कृषि उपजको सही मुल्य पाउन नसकेकाले बेमौसमी तरकारी खेतीमा जोड दिन उनले आग्रह गरिन् । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले किसानहरुलाई कृषिलाई व्यवसायीकरण गर्नका लागि थप उत्प्रेरणा मिलोस् भन्ने उद्देश्यले अनुदानमा कृषि यन्त्र र औजार वितरण गरिएको बताए । पछिल्लो समय कृषि क्षेत्रमा युवाहरुको आकर्षण बढ्दै गएको र कृषिको व्यवसायीकरण हुँदै गएको पौडेलको भनाई थियो । छोटो अवधिमै कृषि क्षेत्रबाट मुलुकको आर्थिक उन्नति गर्न सबै पक्ष लाग्नुपर्ने भन्दै पौडेलले उथ्पादन वितरण र बजारीकरण गर्नसके मुलकको आर्थिक विकास हुने बताएका थिए ।
कार्यक्रममा वडा नं। १० का अध्यक्ष रामकृष्ण अधिकारीले आफूहरु निर्वाचित भएर आएदेखि नै कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखी विभिन्न सामग्री वितरण गरिएको बताए । आफ्नो वडाका सबै गाइभैसीको बीमा गर्ने कार्यसमेत सम्पन्न भएको जानकारी दिँदै अधिकारीले अब बाख्रा तथा कृषि बालीको बिमाका विषयमा योजना बनाइरहेको बताए । कार्यक्रममा नमोबुद्ध नगरपालिका पशु विकास शाखाका प्रमुख चिरञ्जिवी शर्मा, कृषि विकास शाखाका प्रमुख रेशम दाहाल, सामूदायिक सिकाई केन्द्रका अध्यक्ष केदार प्रसाद अधिकारी, नेकपा एकीकृत समाजवादीका नेता पुष्कर तिमल्सिनाले अनुदानमा प्राप्त सामग्रीको सही सदुपयोग गर्दै कृषि क्षेत्रको विकासमा लाग्न किसानहरुलाई आग्रह गरेका थिए । कार्यक्रम नमोबुद्ध नगरपालिका वडा नं। १० का वडासचिव विरेन्द्र रावलले सञ्चालन गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी