वामदेव गौतमले छाडे एमाले, ओलीलाई भेटेनन् शेर बहादुर तामा‌ङको हातमा बुझाए राजीनामा पत्र ( के छ पत्रमा ? )

वामदेव गौतमले छाडे एमाले, ओलीलाई भेटेनन् शेर बहादुर तामा‌ङको हातमा बुझाए राजीनामा पत्र ( के छ पत्रमा ? )

  • शुक्रबार, भदौ १८, २०७८
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाडौँ भदौ १८ । नेकपा एमालेका एमालेका प्रभावशाली नेता वामदेव गौतमले पार्टी छाडेका छन् । अध्यक्ष केपी ओलीलाई संवोधन गरेर लेखेको राजीनामा पत्र उनले ओलीलाई नभेटी कार्यलय सचिव शेर बहादुर तामा‌ङको हातमा थमाएका छन् ।
एमालेबाट विभाजित भएर नेकपा (एकीकृत समाजवादी) बनेपछि नयाँ दलमा सहभागी हुने गरी पार्टी छोडेका हुन् ।
उनले अध्यक्ष ओलीले नवौँ महाधिवेशनले पारीत गरेको राजनीतिक कार्यदिशालाई अवलम्वन नगरेको, पार्टी एकतापछिको साmझा घोषणा कार्यन्वयन नगरेको, जनादेश लत्याउदै संसद विघटन गरेको, ओली सुध्रिनु भन्दा पनि व्यक्तिवादी र स्वेच्छाचारी भएको भनेर किटान नै पत्रमा गरेका छन् ।
गौतमले पत्रमा आफू समेत संलग्न भएर बनाएको एमालेमा तपाईकै गलत विचार, प्रवृति र शैलीका कारण पार्टीमा रहि रहन असमर्थ रहेको अध्यक्ष ओलीलाई जनाउ दिएका छन् । यद्यपि गौतमले व्यक्तिगत सम्बन्ध भने मित्रवत रहोस् भन्ने अपेक्षा गरेका छन् ।
अब गौतम माधव नेपालले नेतृत्व गरेको एकीकृत समाजवादीमा जोडिन सक्ने आंकलन गरिएको भए पनि उनले कुनै घोषणा भने गरेका छैनन् । जबज स्वीकार गर्नु पर्ने गौतमको शर्त रहेको छ ।
गौतमकी श्रीमती तुलसा थापा एकीकृत समाजवादीतिर खुलिसकेकी छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी