कृषिमा आत्मनिर्भर बन्न नयाँ प्रविधिको विकास र प्रयोग अपरिहार्य छ : प्रधानमन्त्री देउवा

कृषिमा आत्मनिर्भर बन्न नयाँ प्रविधिको विकास र प्रयोग अपरिहार्य छ : प्रधानमन्त्री देउवा

  • शुक्रबार, भदौ ११, २०७८
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

काठमाडौँ, ११ भदौ ।  प्रधानमन्त्री एवं कृषि तथा वन विज्ञान विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले कृषि र पशुपालनामा आयात प्रतिस्थापन गरी आत्मनिर्भर बन्न नयाँ प्रविधिको विकास र प्रयोग आवश्यक रहेको बताउनुभएको छ ।

विश्वविद्यालय सभाको नवौँ साधारण बैठकमा आज सम्बोधन गर्दै उहाँले यस्ता विषयलाई पर्यावरण र दीगो विकाससँग जोड्दै अनुसन्धानका आधारमा नीति निर्माण गर्न विश्वविद्यालय सक्षम र सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।

कृषि, शिक्षा तथा प्रसारलाई एकीकृत रुपमा सञ्चालन गर्दै प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री देउवाले आधुनिक कृषि र वन प्रविधिलाई विश्वविद्यालयका विद्यार्थीमार्फत कृषक एवं वन उपभोक्तासमक्ष पु¥याउन विश्वविद्यालय सक्षम होस् भन्ने अपेक्षा गर्नुभयो ।

विश्वविद्यालयले एकीकृत रूपमा शिक्षण, अनुसन्धान तथा प्रविधि प्रसारको कार्य गरी मुलुकको कृषि, पशु तथा वन क्षेत्रको समग्र विकासमा ठूलो योगदान पु¥याउने उहाँको विश्वास थियो । नेपालमा कृषि, पशु चिकित्सा, मत्स्य विज्ञान, पशु विज्ञान र वन विज्ञान लगायतको प्राकृतिक स्रोत व्यवस्थापनका विषयमा अध्ययन, अनुसन्धान र प्रविधिको विकास गर्न यो विश्वविद्यालय स्थापना गरिएको हो ।

यस विश्वविद्यालयले विभिन्न प्रदेशहरूमा सातवटा कृषि सङ्काय र एक वन विज्ञान सङ्काय अन्तर्गतको कलेज र दुई कृषि विज्ञान केन्द्रको स्थापना गरी सञ्चालनमा आइसकेको छ भने कर्णाली प्रदेशको दैलेखमा पनि यसै शैक्षिक वर्षबाट कृषि विषयमा स्नातक तह कार्यक्रम सञ्चालन भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी