इन्टरनेट सेवाको शुल्क घटाइने!

इन्टरनेट सेवाको शुल्क घटाइने!

  • शुक्रबार, साउन २९, २०७८
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

काठमाडौँ, २९ साउन । सरकारले सबैमा इन्टरनेट सेवाको पहुँच पु¥याउन शुल्क घटाउने तयारी गरेको छ । सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयका सचिव डा बैकुण्ठ अर्यालले सबैमा इन्टरनेट सेवाको पहुँच पु¥याउनका लागि सेवा शुल्क घटाउने तयारी गरिएको जानकारी दिनुभयो ।

“मोवाइल डाटा वा वाईफाई कुनबाट शुल्क घटाउन सकिन्छ भनेर हामी अध्ययन गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “सरकारी र नीजि मिलेर अहिले भएको दरमा इन्टरनेट सेवाको शुल्क घटाई सबैको सुलभ बनाइने छ ।” एउटा किसानले पनि आफ्नो उत्पादनलाई टेक्लोलोजीसँग जोड्न सक्ने गरी बजारीकरण गर्न सजिलो गराउनका लागि इन्टरनेट सेवाको शुल्क घटाउन थालिएको उहाँको भनाइ छ । उहाँले डिजिटल नेपाल फ्रेमवर्क बनाउन सबै लाग्नुपर्ने धारणा राख्नुभयो ।

प्रतिनिधिसभाको दिगो विकास तथा सुशासन समिति सभापति तारादेवी भट्टले सूचना प्रविधिको प्रयोग गरेर मात्र मुलुकमा दिगो विकासको लक्ष्य प्राप्त गर्न सकिने बताउनुभयो । प्रविधिको प्रयोग गरेर मात्र मुलुकलाई समृद्व बनाउने सकिने बताउँदै उहाँले नेपाललाई डिजिटल नबनाई सुशासन हुन नसक्नेतर्क गर्नुभयो ।

राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रबहादुर गुरुङले कोरोनाका कारण डिजिटल नेपाल फ्रेमवर्कलाई प्रभाव पारेको भन्दै सूचना प्रविधिको विकास सरकारले भन्दा निजी क्षेत्रले गरेको बताउनुभयो । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश आचार्यले नेपालका सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकासका लागि शिक्षा र प्रविधिलाई सँगसँगै जोडेर लैजानुपर्ने बताउनुभयो ।

‘मेरो डिजिटल नेपाल, मेरो परिकल्पना’ प्रतियोगितामा प्रथम पुरस्कार सेन्टजेभियर्स कलेज, काठमाडौँकी कक्षा १२ मा अध्ययनरत नेहा गिरीले जित्नु भएको छ । उहाँको ‘मेरो डिजिटल नेपाल, मेरो परिकल्पना’ शीर्षकको निबन्ध प्रतियोगितामा प्रथम भई रु एक लाखको राशिको पुरस्कार प्राप्त गरेको छ । यस्तै द्वितीय बङ्गलामुखी राधाकृष्ण थारु उच्च माध्यमिक विद्यालय गुलरिया–६ बर्दियामा कक्षा १० मा अध्ययनरत प्रश्ना सुवेदी र रत्न राज्य माध्यमकि विद्यालय, बानेश्वरका कक्षा १० का ऋदम भेटवाल जित्नुभएको छ । उहाँहरूले नगद रु ५० हजार पाउनु भएको छ ।

यस्तै तृतीय मनकामना माध्यमिक विद्यालय विर्तामोड, झापाका असिम डङ्गोल, त्रि–पद्म विद्याश्रम माध्यमिक विद्यालय पुल्चोक, ललितपुरका अनिश श्रेष्ठ, बुढानिलकण्ठ स्कुल, काठमाडौँका उद्धव ठाकुर र बृहस्पति विद्यासदन, नक्साल काठमाडौंका विशेषता चौधरी हुनुभएको छ । उहाँहरूले नगद रु २५ हजारको पुरस्कार जित्नु भएको छ । लिभिङ विथ आइसिटीका अध्यक्ष राजन लम्सालले बन्द कोठाभित्र रहेका विद्यार्थीलाई भोलीको समृद्ध नेपाल बनाउनका लागि सोच्न, अध्ययन गर्न र सरकार तथा सरोकारवालालाई जगाउन ‘मेरो डिजिटल नेपाल, मेरो परिकल्पना’ सहयोग गर्ने बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी