काठमाडौंं । काभ्रेको नमोबुद्ध नगरपालिकाका मेयरले नगरभित्र कृषि क्षेत्रको विस्तार र लगानी प्रवद्र्धनको प्रयास जारी राखेका छन् । यसै क्रममा मेयर टिपी शर्मा तिमिल्सिनाले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन ( सार्क ) का निर्देशक जमाल उद्धिन अहमदसँग भेटवार्ता गरेका छन् । मंगलबार भएको भेटमा उहाँहरुबीच कृषि क्षेत्रमा लगानी गर्ने विषयमा छलफल भएको नगरपालिका कार्यलय स्रोतले जनाएको छ । भेटमा निर्देशक अहमदले नमोबुद्धमा कृषि क्षेत्रमा लगानीका लागि प्रतिवद्धता जनाएका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline