चितवनमा मकै प्रवद्र्धन कार्यक्रम: रत्ननगरमा मकैको घोगामा समस्या

चितवनमा मकै प्रवद्र्धन कार्यक्रम: रत्ननगरमा मकैको घोगामा समस्या

  • शनिबार, साउन २, २०७८
  • मिर्मिरे अनलाइन

  • 10.8K
    SHARES

चितवन, २ साउन । जिल्लामा सञ्चालित मकै उत्पादन प्रवद्र्धन कार्यक्रम प्रभावकारी देखिएको छ ।

मकैको उत्पादन तथा उत्पादकत्व अभिवृद्धि गर्ने उद्देश्यले भरतपुर महानगरपालिका, माडी नगरपालिका, पूर्वी चितवनको रत्ननगर, खैरहनी, राप्ती र कालिका नगरपालिकामा यो कार्यक्रम लागू गरिएको हो ।

भरतपुर महानगरपालिका र माडीको कार्यक्रम कृषि ज्ञान केन्द्र चितवनले हेर्दै आएको छ भने अन्य पालिकाको कार्यक्रम स्थानीय तहले नै हेर्दै आएका छन् । ज्ञान केन्द्रले सञ्चालन गरेको कार्यक्रमअन्तर्गत २०० बिघा क्षेत्रफलमा मकैको हाइब्रिड बीउ उत्पादन गरी साइलेज उत्पादन, १० हेक्टरमा रामपुर कम्पोजिटको बीउ उत्पादन, उत्पादन सामग्री, बीउ मल विषादी सहयोग, यान्त्रीकरण प्रवद्र्धन, मकै रोप्ने मेसिन, मकै गोड्ने मेसिन र मकै छोडाउने मेसिन अनुदानमा उपलब्ध गराएको छ । योसँगै क्षमता विकासका कार्यक्रमहरु पनि सञ्चालन गरिएको छ ।

माडी नगरपालिका–५ मा १० हेक्टरमा बीउ उत्पादन र भरतपुर महानगरपालिका–६ मा साइलेज उत्पादनको काम भएको केन्द्रका प्रमुख राजन ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार केन्द्रका दुई पालिकामा गरिएको कार्यक्रम ९५ प्रतिशत सफल भएको छ । यस्तै कालिका, खैरहनी र रत्ननगर नगरपालिकामा पनि यो कार्यक्रम प्रभावकारी बनेको ढकालले जानकारी दिनुभयो । खैरहनी नगरपालिकामा ८४७ हेक्टर क्षेत्रफलमा मकै लगाइएको थियो । अन्य स्थानीय तहहरुले मकै बाली प्रवद्र्धनका लागि रु ४० लाख विनियोजन गरी काम गरेका थिए ।

मकै प्रवद्र्धन कार्यक्रम चलिराखेका क्षेत्रमा पछिल्लो समय रत्ननगरमा मकैको घोगामा समस्या देखिएको रत्ननगरका कृषि अधिकृत प्रवीण लामाले जानकारी दिनुभयो । एनएमएच १२४७ नामक बीउमा समस्या आएको हो । मकैको घोगामा दाना लागे पनि थोते भएकाले कृषक मारमा परेको उहाँले बताउनुभयो । पोलेर खान लगाइएको बेमौसमी मकैमा समस्या आएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी