बाख्रापालनबाट स्वरोजगार बन्दै थापा

बाख्रापालनबाट स्वरोजगार बन्दै थापा

  • शनिबार, असार १२, २०७८
  • मिर्मिरे अनलाइन

  • 14.6K
    SHARES

कन्चनपुर ।
पुनर्वास नगरपालीका ६ टाउन बजारका एक बहादुर थापाको पुख्यौली जमिन त थियो तर त्यहाँ उत्पादन भएको अन्नबालीले बर्षदिन घर खर्च चलाउ मात्रै पुथ्यो ।
बारीमा सिजन अनुसारको मकै, गहुँ, तोरी आदि उत्पादन हुन्थ्यो । आफुले बर्षभरी मेहनत गर्दा पनि घर खर्च मात्रै चलाउन पुग्ने भएपछि उनले केहि व्यावसाय सुरु गर्ने सोच बनाए । तर आर्थिक अवस्था कमजोर थियो । लगानी गर्ने पैसाको जोहो गर्नेतर्फ लागेका उनले युवा तथा सानाव्यावसायी स्वरोजगार कोषबाट सस्तो व्याजदरमा रिण लगानी गरिरहेको सुने । बिना धितो रिण पाउनेभएपछि खुशी भएका थापाले स्थानीय प्रतिभा बहुमुखि सहकारीबाट २ लाख रुपैया रिण लिए ।
घरमा स्थानीय जातका तीन वटा बाख्रा थिए उनीसँग । जमिन आफ्नै र प्रसस्त घाँस पनि थियो । त्यसैले बाख्रापालन व्यावसाय निर्णय गरे । र रिण लिएपछि बाख्राको खोर बनाउन थाले । १ कट्ठा जग्गामा उत्तरदक्षिण फर्काएर काठको डेढ फुट अग्लो खोर तयार बनाए । पूर्वतर्फ मुख राखेर हेर्दा पनि आकर्षक खोर तयार गरेका थापाले त्यसका लागि नै १ लाख ५० हजार खर्च गरे । थापा भन्छन्, मैले खोर बनाउँदा डेढ लाख खर्च भयो, रिण लिएको रकममा जम्मा ५० हजार मात्रै बच्यो ।
त्यहि ५० हजारबाट ६ वटा बाख्राको माउ खरिद गरे । उनी भन्छन्, रिण लिएर बाख्रा पालन गर्ने भनेर खोर बनाउँदा सम्म जति उत्साह थियो बाख्रा खरिद गरेर खोरमा राख्दासम्म मनमा केहि निरासा छायो ।
खोर राम्रो बन्यो तर बाख्रा किन्ने पैसा नै कम बच्यो । डाले खास प्रसस्त थियो बारीमा त्यसमाथि उन्नत जातको खास पनि रोपे । तर त्यहि घास प्रयोगमा आएन, उनी दुखेसो पोख्छन् । घास त छ नी बारी भरी तर घास खुवाउने बाख्रा थोरै भएपछि के गगर्नु ?उनी प्रश्न गर्छन् ।
अहिले थापासँग जम्मा १६ वटा बाख्रा छन् । जसमध्ये ३ वटा खरि जातका बाख्रा छन् । वोयर जातका माउ बाख्रा सहित ३ वटा, र १० वटा लोकल जातका बाख्रा छन् ।
व्यावसाय सन्चालन गरेपछि राम्रै आमदानी हुन थालेको थियो तर त्यहि बीचमा थापाको परिवारमा बज्रपात पर्यो । उनले श्रीमती गुमाउनु पर्यो । पुसको महिना, चियाँ खाएर थापा बाख्रालाई घास खोले को जोहो गर्दैथिए । श्रीमतीले दुध ल्याएर तताउर्दै थिइन् तर अचानक उनको निधन भयो । उनी भन्छन्, ‘बिहान चिया पकाएर दिईन्, चियाँ खाएपछि म बाख्रालाई खास हाल्दै थिए, उनी दुध ल्याएर तताउदैँ थिइन् । त्यहि बेला अचानक ढलेकी उनी कहिलै नफर्किने गरी बिदा भईन् । ’
त्यसपछि परिवारको सबै जिम्मेवारी थापाको काधमा आईपर्यो । घरमा ८४ कटेकी आमा, र तीन जना सन्तान् छन् । जेठि छोरी अपांग रहेकोले उनको स्याहार पनि आफै गर्नुपर्ने अवस्था रहेको छ । अहिले छोरा छोरीले सघाईरहेका छन् थापा भन्छन्, “कोरोना महामारीका कारण छोरा छोरी घरमा रहेकाले सजिलो छ काम सघाउछन् । पछि त कोहि हुँदैन एक्लै गर्नुपर्ने भएकाले समस्या हुन्छ ।”
उनले बाख्रा पालनबाट स्वरोजगारको पहिलो किस्ता समेत तिरिसकेको छन् । नगरपालीकाले थापालाई ब्यावस्थित रुपमा बाख्रा पालन गरेको भनेर उत्कृष्ट बाख्रा ब्यावसायीको रुपमा ५० हजार नगद सहित सम्मान पनि गर्यो, उनले खुशी व्यक्त गरे । अझै बाख्रा थपेर ब्यावसाय बढाउने मन छ उनलाई । तर सम्भावना कम देखिरहेको छु, उनी थप्छन् । घरमा सघाउने मान्छे कोहि हुँँदैन, मान्छे राखेर काम लगाउँ उसलाई तलब दिदै अहिलेको अबस्थाले पुग्दैन । उनले थपे, त्यो भन्दा ठुलो समस्या आर्थिक अभाव नै । यहि व्यावसायबाट घर खर्च चलाउने तथा सन्तानको पढाईमा खर्च गरिरहेको छु ।
कतैबाट थप सस्तो रिण पाएभने १ सय ४० जति बाख्रा पुर्याउने लक्ष छ थापालाई । सरकारका निकायबाट आउने सस्तो व्याजदरमा पाईने कर्जा लिन त्यति सजिलो नरहेको गुनासो पनि सुनाउछन् । उनले भने यहाँ रिण लिन बिभिन्न झन्जटिला प्रकृयाहरु छन् त्यसैले गाह«ो छ ।
बाख्राको सरसफाई र खानपानमा बिशेष ध्यान पुर्याउन पर्ने अनुभव सुनाउछन् थापा । साथै समय समयमा पशु चिकित्सकको पनि सल्लाह लिनुपिर्ने हुन्छ उनले भने, यहाँ प्राइभेट भेटनरीहरु छन् त्यसबाट आवश्यक पर्दा राम्रो सेवा पाईरहेका छनै । मिर्मिले अनलाईनसँग कुरा गर्दै उनले भने, “तर के गर्नु कहिलेकाहि के भयो भन्ने थाहा नपाउदै बाख्रा मर्छन, आजै पनि एउटा बोयर पाठो मर्यो । ” उनले थपे, “एकछिन करायो, के भएछ भनेर खोरमा हेर्न गए तर कराउदा कराउदै मर्यो, भर्खरै पुरेर आएको ।”
सो क्षेत्रमा बाख्राको खास बजार भने नभएको उनी सुनाउछन् तर बेचबिखनमा समस्या पनि छैन उनले भने, ‘यहाँ ठूलो बजार नभएपनि घरमै किन्न आईपुग्छन् । स्थानीय बजार मा नै खपत हुन्छ । ’ आर्थिक जुटाएर बाख्रा बढाउन सके कामदार नै राखेर भएपनि बाख्रापालन गर्ने उनको योजना पनि सुनाए ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी