वि.सं २०५१ सालमा रामेछापमा जन्मिएकी पवित्रा बुढाथोकी अधिकारी विवाह पछि जिल्लाकै लिखु तामाकोशी गाँउपालिका वडा नं ७ तिल्पुङमा कर्मथलो बनाई घरायसी काममा व्यस्त रँहदै आएकी थिईन् । सामान्य घरायसी कामले मात्रै जीवन चल्दैन भन्ने घर सल्लाह भएपछि पवित्राका श्रीमान् वैदेशिक रोजगारीमा जाने निधो गरे । विदेशी भूमिमा निकै पशिना बगाउदा पनि त्यति धेरै उपलव्धि हुन नसकेपछि उनका श्रीमान् केही वर्ष पछि नै नेपाल फर्किए । परिवार पाल्नका लागि नै भनेर विदेशमा रँहदा एकातिर परिवारबाट टाढा रहनु पर्ने, अर्कोतिर कमाई पनि सन्तोषजनक नहुने भएपछि पवित्राका श्रीमान् स्वदेशमै केही गर्ने भन्ने भावना लिएर विदेशबाट फर्किए ।
त्यसपछि के गर्ने, कसो गर्ने भन्ने अन्यौलताका बीच जिल्लाको तिल्पुङ कृषि बचत तथा त्रृण सहकारी संस्था लिमिटेडले कर्जा लगानी गरीरहेको सूचना अधिकारी परिवारले पनि पाए । उनीहरु त्यो सहकारीका सदस्य समेत रहेका थिए ।
सो सहकारीले युवा तथा साना व्यवशायी स्वरोजगार कोषबाट युवाहरुमा क्रृण परिचालन गरी स्वरोजगार र व्यवशायी बनाउन निश्चित रकम प्राप्त गरेको थियो । सोही रकम मध्यबाट व्यवशायको प्रकृति हेरी सहकारीले एक लाख देखि दुई लाख सम्म क्रृण दिँदै आएको थियो । सहकारीबाट अन्य विभिन्न सदस्यले पनि त्रृmण लिएर व्यवशाय गर्दै आएको थाहा पाए पछि पवित्राले पनि निवेदन पेश गरिन् ।

निवेदन दिएको केही समय पछि नै २०७४ साल असार २९ गते पवित्राले १००,०००।– ( अक्षरेपी रु एक लाख मात्र ) प्राप्त गरिन् । सोही पैसाबाट उनको परिवारले कुखुरा पालन शुरु गरे ।
स्वरोजगार कोषको क्रृण लिएर कडा मेहेनत र परिश्रम गर्दै राम्रो फर्म बनाएर सँयौ कुखुरा लगाएर पवित्राले राम्रो आमदानी गर्न थालिन् । उनको परिवारले कोषको साँवा ब्याज सबै निर्धारित समय २०७७ साल भित्रै चुक्ता गर्न सफल पनि भए । पवित्राको कुखुरा फर्म तिल्पुङकै नमुना फर्मको रुपमा परिचित पनि बन्न सफल भएको छ ।
शुृरुमा श्रीमान् विदेशमा हुँदा सञ्चो विसञ्चो के छ भन्ने कुराले बिहान बेलुका पिरोलिने पवित्रालाई अहिले परिवारसँगै बसेर बिहान बेलुका आफ्नै व्यवशायीक फर्ममा काम गर्दा खुसी र आनन्द लाग्ने गरेको पवित्राको अनुभव छ ।
पवित्राले दुखः गरे के हुँदैन भन्ने उदाहरण दिदँै सोही कुुखुराबाटै मनग्गै आमदानी गरेर अहिले परिवारको जीवन शैलीमा निकै सुधार ल्याएकी छन् । अहिले मासिक लगभग तीन लाख रुपैया ( ३००,०००।–) सम्म आमदानी गर्न पवित्रा सफल भएकी छन् ।
अहिले पछिल्लो समय कोरोना संक्रमणको विश्व व्यापी महामारीबाट व्यवायमा केही नकारात्मक प्रभाव परेको अधिकारी बताउछिन् । स्वरोजगार व्यवशायीलाई टेवा पुग्ने गरी राज्य तथा अन्य सरोकारवाला निकायबाट कार्यक्रम ल्याए हुन्थ्यो भन्ने पवित्राको भनाई छ । यसले गर्दा स्वरोजगारमुलक पेशा व्यवशाय गर्नेहरु पलायन हुनु वा निराश हुनु पर्ने थिएन कि भन्ने उनको अपेक्षा छ ।

अधिकारीको यो परिवारले खाडीमा हैन झाडीमै मेहेनत गरे प्रशस्त आमदानी गरी सुखी जीवन विताउन सकिन्छ भन्ने सन्देश दिएको छ । पैसाकै लागि विदेश जाँदा समेत चित्त बुझ्दो कमाई नहुनुका साथै परिवार पनि अलग्गिएर बस्नु पर्दाको पीडा त छँदैछ , त्यसले दिगो आमदानी र स्रोत पनि नहुने भएकाले रोजगारीमुलक पेशा व्यवशाय नै आफ्नै स्वदेशी भूमिमा, घर आँगनमा गर्नु उपयुक्त हुने सुझाव पवित्रा अरुलाई पनि दिन्छिन् ।
हालका दिनमा लाखाँै युवाहरु खेतबारी बाँझो राखेर पैसा कमाउन र परिवार पाल्न पराई भूमिमा रगत पशिना बगाउन बाध्य छन् । अहिले त्यस्ता युवाहरुलाई युवा तथा साना व्यवशायी स्वरोजगार कोषले प्रदान गर्ने क्रृण तथा अन्य निकायबाट उपलव्ध हुँदै आएको सहुलियत कर्जा र अनुदान नै लिएर भए पनि देशमै केही पेशा, व्यवशाय, उद्यम गर्न अन्य युवाहरुलाई पनि लाग्न पवित्राको सुझाव छ । परिश्रम गरे सफलता टाढा छैन भन्ने एउटा उदाहरण पवित्रा बन्न सफल बनेको देख्न सकिन्छ ।

फोटो सौजन्यः कुमार श्रेष्ठ, युवा तथा साना व्यवशायी स्वरोजगार कोषका रामेछाप जिल्ला सहजकर्ता ।