स्वरोजगारको रिणबाट शुरु गरेको कम्युटर व्यवशायबाट लखपति बनेका सञ्जीव

स्वरोजगारको रिणबाट शुरु गरेको कम्युटर व्यवशायबाट लखपति बनेका सञ्जीव

  • बुधबार, असार ९, २०७८
  • धन बहादुर सुनार

  • 12.8K
    SHARES

जागिर छोडेर सानो लगानीबाट सुरु गरेको व्यावसाय चल्ला कि नचल्ला भन्ने चिन्ताले सताउथ्यो सन्जिव राईलाई । खोटाङको सदरमुकाम दिक्तेलमा कम्प्यूटर हेल्प सेन्टर सन्चालनमा ल्याए । बिस्तारै राम्रो आम्दानी हुन थाल्यो । अहिले जागिर छोडेकोमा उनलाई कुनै पुछुतो छैन । भन्छन्, सुरुमा त जागिर छोडेर व्यावसाय सुरु गर्दा के होला भन्ने चिन्ताले सताउथ्यो अहिले खुशी छु ।
सञ्जीवको जन्म च्यास्मिटार गा.वि.स. वडा न. ६ (हालहलेसी तुवाचुङ नगरपालिकावडा नं. –३ च्यास्मिटार) खोम्पालुङमा बुवा जीत बहादुर राई र आमा उर्मिला राईको पहिलो सन्तानको रुपमा वि.सं. २०४८÷०३÷१६ मा भएको थियो । उनको परिवारको आर्थिक अवस्था सामान्य थियो । जीवन निर्वाहका लागि उनीहरुको परिवारले वर्षभरी खेतीपाती गर्नै पर्दथ्यो । सानैदेखि बुवाआमालाई खेती र घरायशी काममा सहयोग गर्ने गर्थे सञ्जीव ।
घरमा बुढा बाजे, फुपु, दुईबहीनी र सन्जिव गरि जम्मा ७ जनाको परिवार बुवा र आमाको काममा नै आश्रित थिए । उनीहरुले पनि घरको काममा सकेको सहयोग गर्दथे । खास गरी उनीआफु घरको जेठो सन्तान भएकोले उनले अलि वढी काममा सहयोग गर्नु पथ्र्यो । स्कुल जाने पढ्ने बाहेक, घरको काममा, खेतीबारीको काममा परिवारलाई सहयोग गर्नु दिनचर्या नै थियो ।
यस्तै दुखः गरेर स्नातक तह सम्म अध्ययन गरेका उनले शिक्षाको प्रारम्भ घरैमा बाजे, फुपु (छिम्छा), बुवा, र आमाबाट नै सुरु भएको हो । औपचारिक शिक्षाको प्राथमिकतह १–५ सम्मको पढाइगाउँ मै रहेको श्री पिपल्टार प्रा.वि.बाट र माध्यमिकतहकक्षा ६–१० को पढाई घर देखि एक घण्टा पैदलटाढापुगेर पुरा गरेको हुन । उनले अध्ययन गरेको माध्यामिक विद्यालय श्री च्यास्मिटार मा.वि. च्यास्मिटार हो । च्यास्मिटार मा.वि.मापढ्दा होस वा प्रा.वि. मा पढ्दा होस घरमा विहान र वेलुका अनिवार्य एक टाईम कामगर्नु पर्ने बाध्यता थियो सञ्जीवलाई । अनेकन बाध्यताहरुको बावजुद मेहेनत गरेर सञ्जीवले एस.एल.सी. २०६४ सालमा उत्तीर्ण गरे । एस.एल.सी. पश्चात उच्च शिक्षाको लागि सदरमुकाम स्थित दिक्तेल बहुमुखि क्याम्पसमा अध्ययन गर्न थाले । पढाइको शिलशिलामा सदरमुकाम दिक्तेलको बसाईले जीवनमा केही उन्नति गर्नु पर्छ भन्ने चिन्ता हुन थाल्यो । जागिर खाने सोच बनाएर साथिहरुसँग लोक सेवा आयोगको थुप्रै परिक्षाहरु दिए तर सफल हुन सकेनन् । त्यस पछि उनले व्यवशाय गर्ने सोँच बनाउन थाले ।
व्यावसायि बन्ने सोच त बन्यो तर के गर्ने भन्ने सञ्जीवलाई कुनै मेसो थिएन । निकै लामो सोच विचार पछि प्राविधिक शिक्षा अन्तरगत कम्प्यूटर शिक्षा लिने निर्णय गरे । त्यसको लागि खोटाङ विकास मञ्च कम्प्यूटर शिक्षा अभियानमा कम्प्यूटर सम्बन्धी अलि–अलि तालिम लिएर ज्ञान आर्जन गरे । खोटाङ विकास मञ्चमा कम्प्यूटर शिक्षा अभियानको तालिम लिइसके पछि त्यही काम गर्ने अवसर मौका पाँउदा उनी खुसी पनि भए । जहाँ उनको व्यावसायीक जीवनको पहिलो आधार तयार भयो । उनले केही वर्ष त्यहाँ काम गरे । कम्प्युटर सम्बन्धी थप ज्ञान लिन भनेर उनी काठमाण्डौं पनि गए । काठमाण्डौंमा कम्पयूटरको केही थप सीप सिकेर खोटाङमै यस सम्बन्धी व्यावसाय गरौं भनेर खोटाङ जिल्लामै पहिलो फ्लेक्स प्रीन्ट मेसिनल्याइः एम.टी.एस सेन्टर नामक कम्पनी दर्ता गरि केही साथीहरुसंग सामुहिक व्यावसायको थालनी गरे । तर सामुहीक लगानीको व्यावयसायलाई दीर्घकालीन बनाउन सकेनन् । व्यवसायमा असन्तुष्टी भएपछि कम्प्युटर शिक्षकको रुपमा जागिर खान उनी श्री देउराली मा.वी. डुम्रे धारापानी, खोटाङमा पुगे । कम्प्यूटर शिक्षक भएर एक बर्ष सम्म देउराली मा वि मा काम गरे । यस वीचमा सञ्जीव वैवाहिक जीवनमा पनि बाँधिए । शिक्षकको जागिर त्यसमा पनि कम्प्यूटर पढाउने भने पछि छुट्टै ईज्जत पाईन्थ्यो रमाइलो नै थियो भन्छन् उनी । तर जागिर अस्थायी त्यसमापनि तलव थोरै थियो । घर परिावर र आर्थिक जिम्मेवारी उनमा बढ्दै थियो । जागिर बाट आउने सिमित तलवले जीविकोपार्जन गर्न कठीन हुने उनले महसुस गरें । जागिरमा मन मर्दै गयो, सदरमुकाम निस्केर पहिला गरेकै व्यवसाय एकलौटी लगानीमा गर्ने सोच बनाएर उनले परिवारसँगको सरसल्लाह पछि जागिरबाट राजिनामा गरेर दिक्तेलतिर लागे ।
सदरमुकाममा नै व्यावसाय गरेर वस्ने त भने, तर लगानी गर्ने पैसा थिएन । आफन्तहरुको सहयोगमा दिक्तेलको भवन गैरामा हलेसि कम्प्यूटर हेल्प सेन्टर पसल दर्ता गरेर व्यवसाय सुरु गर्न थालें सरसापटी लिएर । पसल सुरु गर्न चाहिने आार्थिक व्यवस्थापनमा श्रीमति गमिताको महत्वपूर्ण भूमीका रहयो जेनतेन व्यवासय सुरु गरेर सञ्चालन गर्दै थिए ।


तर यति थोरै लगानीले व्यवशाय बढाउन सकिएन । यसै वीच नेपाल सरकारको युवा स्वरोजगार कार्यक्रम सञ्चालनमा आयो । सो कार्यक्रमको कार्यविधि अनुसार उनले पनि युवा स्वरोजगार व्यवसायीक कर्जाको लागि चहकिलो कृषि सहकारी संस्थालि.दिक्तेलमा निवेदन पेश गरे । युवा स्वरोजगारको नियमानुसार उनले प्रस्तावना अनुसारको रकम रु २ लाख प्राप्त गरे । प्राप्त भएको रकमले व्यवसाय गर्न ठुलो भुमिका निर्वाह ग¥र्याे सञ्जीव सम्झन्छन् । त्यही क्रृण लिएको पैसाबाट उनले फोटोकपी, लेमिनेसन, बाईन्डङ, प्रिन्टर जस्ता सामाग्री थपेर व्यवशाय विस्तार गरे । सनो सापटीको लगानीको व्यवशायमा उनले कोषको दुई लाखले सामाग्री थपेर व्यवशाय विस्तार गरेर अघि बढेपछि उनको व्यवशाय निकै फष्टाउदै गयो । उनले व्यवशायको कर्जा पनि चुक्ता गरे । दिन दिनै उनकोमा टाईपिङ, प्रिन्टिङ, फोटोकपी, लेमिनेसन, स्क्यानीङ जस्ता कामहरु निकै मात्रामा आउन थाले ।
अहिले विस्तारीत व्यवशायबाट उनले दैनिक ५ हजार सम्म कमाई हुने गरेको बताए । हाल व्यवसायबाट उनी सन्तुष्ट छन् । उनको परिवारमा १ छोरा, श्रीमती र भाईदिक्तेल बजारमाबस्नको लागि खर्च राम्रै जुटाउनछन् उनी । भाईलाई स्थानीय बोर्डिङ स्कुलमा कक्षा ८ सम्म पढाएर र अहिले सरकारी स्कुलमा पढाउँदै छन् । बाबु आमाको दुखःलाई पनि कम गर्न मद्धत पुर्याएका छन् सञ्जीवले । उनले जम्मा गरेको आमदानीबाट दिक्तेलबजार नजिकै अल्छे ढुङगामा २८ आना जग्गा किन्न सफल भएका छन् । जागिरबाट असन्तुष्ट भएका सन्जिव राई व्यवसायमा लाग्न युवाहरुलाई सल्लाह दिन्छन् । आफुसँग सीप हुँदा विदेश जानु पर्दैन भन्छन् उनी । “विदेशीयका युवाहरुलाई नेपालमा नै केही गर्न सकिन्छ क्रृण दिने र उत्पादन र स्वरोजगार मुलक व्यवशाय गर्ने प्रसस्त संभावना देशमै भएकाले बुझेर गाँउ, घर शहरमै बसेर काम गर्न र सरकारी निकायले दिएको सुविधाहरुलाई प्रयोग गरेर अघि बढे आफूपनि समृद्ध हुईन्छ, गाँउ र समाजको विकास पनि हुन्छ सञ्जीव ।”  थप्छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी