नेपालमा पशुकल्याणको ऐतिहासिक विकासक्रम

 नेपालमा पशुकल्याणको ऐतिहासिक विकासक्रम

  • बुधबार, असार ९, २०७८
  • बासुदेव नाथ

  • 54.8K
    SHARES

()  परिचय 

पशु कल्याण पशुहरुको स्वतन्त्रासंग जोडिएको छ ।पशु कल्याणका आधारभूत पक्षहरु तथा पशुपन्छीहरुलाई दिईनु पर्ने पांच वटा मुख्य स्वतन्त्रताहरु पशुपन्छीहरुको भोक, प्यासबाट मुक्तिको स्वतन्त्रता, दु: ख, दर्द, घाईते र रोग लाग्नबाट बाँच्ने स्वतन्त्रता, आरामदायी ढंगले जीउने स्वतन्त्रता, आफ्नो सामान्य व्यवहार प्रस्तुत गर्न पाउने स्वतन्त्रता तथा डर, त्रास र तनावमुक्त रहन पाउने स्वतन्त्रता कार्यान्वयनको अवस्थाले पशु कल्याणलाई जनाउदछ । पशु कल्याणको कार्यान्वयनको लागि विश्व पशुपन्छी दिवश मनाउन शुरु गरिएको हो ।पशुपन्छीको संरक्षण र प्रवर्द्धन गर्न विवेकशील मानव जातिको काँधमा जिम्मेवारी आएको छ, सोही जिम्मेवारी पुरा गर्न सन १९३१ देखि वातावरण विज्ञहरुको समूहले फ्लोरेन्स सम्मेलनबाट हरेक वर्ष अक्टोवर ४ का दिनदेखि पशुपन्छी दिवश मनाउने कार्य शुरु गरेको हो ।नेपालमा बि.सं. २०६४ साल देखि  पशुपन्छी दिवश मनाउदै आइएको छ यसले पशु कल्याणमा जोड दिन्छ ।

सम्पूर्ण प्राणी जगतको अस्तित्व रक्षा गरी वातावरण सन्तुलन कायम राख्न पशुपन्छीहरुको संरक्षण गर्नु पर्ने जिम्मेवारी बिवेकशील प्राणीको नाताले मानवको कांधमा रहेको छ । हाल सबै जसो भू भागमा पशुहरु छाडा छोड्ने प्रबृति देखापरेको छ । यो मनवीय काम हुदैहोईन । छाडा छोडेका पशुलाई जसले जहां भेटायो त्यही लखेट्ने, कृषकहरुले कडा मेहनतकासाथ लगाएको खेतीवाली ती छाडा छोडेका पशुहरुले खाएर नोक्सान पुर्‍याउनु, सडकमा सवारी साधन दुर्घटना निम्त्याउनु, असभ्यताको पहिचान, पशु अधिकारको उलंघन लगायत नकारात्मक सन्देश फैलाएको छ । यी पशुहरुको उचित ढंगले व्यवस्थापन गर्नु मानव तथा राज्यको कर्तव्य हुन आउछ । यी पशुहरुको उपयोगबाट गहुत, गोबर ,श्रमको उपयोग गरी खेतीपातीको लागि आवश्यक पर्ने मल र खेत जत्न तथा भारी बोक्ने समेत प्रयोग गरी फाईदा लिन सकिन्छ । गोबरको प्रयोगबाट बायोग्यासको उत्पादन गरी उर्जा संकट कम गर्न टेवा पुर्‍याउन सकिन्छ । मृत्यूपश्चात प्राप्त हुन जाने हाड, छालाको उपयोगबाट उद्योगहरुलाई कच्चापदार्थ पूर्ति हुन्छ । मानवीय कार्यहरुबाट पशुपन्छीहरुमा मानवीय नकारात्मक असर नपरोस र उनीहरुको अधिकारको रक्षागर्नको लागि नागरिकहरुलाई पशुपन्छीहरुको बासस्थान, वातावरण,र पशुपन्छीहरुको अधिकारको समुचित व्यवस्थापन गर्न पशुपन्छीहरुलाई दिईनु पर्ने पांच वटा मुख्य स्वतन्त्रताहरु जस्तैः पशुपन्छीहरुको भोक प्यासबाट मुक्तिको स्वतन्त्रता, दुःख, दर्द,घाईते र रोग लाग्नबाट बाच्ने स्वतन्त्रता, आरामदायी ढंगले जीउने स्वतन्त्रता, आफ्नो सामान्य व्यवहार प्रस्तुत गर्न पाउने स्वतन्त्रता र डर,त्रास र तनावमुक्त रहन पाउने स्वतन्त्रताको कार्यान्वयन गरी पशु हरुको उत्पादन र उत्पादकत्वमा बृद्धि गर्न सभ्य नागरिकको पहिचान दिलाउनको लागि पशु कल्याण  कार्य आवश्यक छ ।

पृथ्वी सम्पूण प्राणीहरुको साझा घर हो । मनवजाति यस सृष्टिको सबै भन्दा विवेकशील प्राणी हो । पशुपन्छी पनि यस धर्तिका सृष्टि हुन । यस संसारमा पशुपन्छीको पनि मानव जति अधिकार छ । पशुपन्छी र मानव बीच अन्योन्याश्रित सम्बन्ध छ तर पनि आफ्नो स्वार्थ पूर्तिको लागि घरपालुवा पशुपन्छीहरुलाई पालन गर्दा वा ढुवानी गर्दा अमानबीय व्यवहार  गरेको पाईन्छ । पशु पन्छीहरु अवोध प्राणी भएपनि उनिहरुमा पनि माया, प्रेम र दुःख दर्दको भावना हुन्छ । माया  गर्दा रमाउने र सहयोगी भै मद्दत गर्दछन भने दूःख दिए दुखि हुने गर्दछन ।

() पशु कल्याणको परिभाषा :

बिभिन्न विद्वानहरुले पशु कल्याणको परिभाषा निम्न अनुसार गरेका छन :

In an animal ethics, the term animal welfare often means animal welfarism .

In Saunders Comprehensive Veterinary Dictionary, animal welfare is defined as “the avoidance of abuse and exploitation of animal by humans by maintaining appropriate standards of accommodation, feeding and general care, the prevention and treatment of disease and the assurance of freedom from harassment, and unnecessary discomfort and pain.”

D.M. Broom, a professor at Cambridge University Animal Welfare Information Centre, defines the welfare of an animal as ” its state as regards its attempts to cope with its environments. This state includes how much it is having to do to cope, the extent to which it is succeeding in or failing to cope, and its associated feelings.”

 

() पशु कल्याणको औचित्य

  • पशुपन्छीहरुप्रति मानवीय व्यवहार कायम राख्न,
  • प्राणी जगतको अस्तित्व रक्षा गरी वातावरण सन्तुलन गर्न,
  • गुणस्तरीय पशु तथा पशुजन्य पदार्थको उत्पादन तथा उत्पादकत्व बृद्धि गर्न,
  • पशुपन्छीहरुको उचित व्यवस्थापन गर्न,
  • पशुपन्छी जन्यउद्योग प्रवर्द्धन गर्न,
  • पशु कल्याण तथा अधिकारको संरक्षण र सम्वर्द्धन गर्न,
  • मानवीय कार्यहरुबाट पशुपन्छीहरुमा पर्ने नकारात्मक असर न्यूनिकरण गर्न,
  • सभ्य नागरिकको पहिचान दिलाउन ।
  • पशु कल्याण सम्बन्धी जनचेतना अभिवृद्धि गर्न ।

 () पशु कल्याणको इतिहास

  • आयरल्याण्ड-विधेयक शुरुसन १६३५
  • अमेरिका –कानून पास सन १६४१
  • बेलायत–कानून पास सन १८२२(Martins Acts)
  • भारत –कानून पास सन १९६०
  • भारत– पशु कल्याण बोर्ड गठन सन १९६२(पशु कल्याण सम्बन्धी पहिलो सरकारी संगठन)

 () नेपालमा पशु कल्याणको ऐतिहासिक विकासक्रम

  • नेपालका प्रथम राजा गाईपालन गर्ने गोपाल वंशीहरु थिए । यिनीहरु गाईपालक समूदायका थिए ।यिनले गाईपालनलाई सम्मान गरेका थिए ।
  • गाई पालकलाई गोपाल वंशी भने झै भैंसीपालन गर्नेलाई महिषपाल अभिर भनिन्छ ।यिनीहरु भैंसीपालक समुदायका भएकाले महिषपाल वंशीहरुलेको नामबाट नेपालमा शासन गरेका थिए ।
  • विसं १९१० सालको मुलुकी ऐनमा गोवध गर्न्या, चौपाया र पशुकरणीको व्यवस्था गरी पशु कल्याण प्रवर्द्धन गर्ने पहिलो नेपाल कानूनको व्यवस्था गर्न  खोजिएको थियो ।
  • विसं १९९४ सालमा श्री ३ महाराज जुद्ध शमसेरले पशुपतिको गौशाला निर्माण गरी गाईहरुको सेवालाई प्रभावकारी बनाउन शुरुवात गरेका थिए ।
  • मुलुकी ऐन, २०२० को भाग ३ महल ६मा चौपाया हराउने र पाउनेको, महल ७ मा चौपायाको महल र पहल १६मा पशु करणीको महलको व्यवस्था गरी पशु कल्याणको व्यवस्था गरिएको थियो ।
  • जलचर संरक्षण ऐन, २०१७
  • दाना पदार्थ ऐन, २०३३
  • पशु स्वास्थ्य तथा पशु सेवा ऐन,२०५५ र नियमावली,२०५६
  • पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ र नियमावली २०५७
  • नेपाल पशु चिकित्सा परिषद ऐन, २०५५ र नियमावली २०५७
  • राष्ट्रिय कृषि नीति, २०६३
  • कृषि जैविक विविधता नीति, २०६३
  • नेपाल सरकारले २०६४ साल देखि सरोकारवाला निकायहरुसंगको समन्वयमा विश्व पशुपन्छी दिवस मनाउन शुरु गरिएको
  • कृषि व्यवसाय प्रवर्द्धन नीति, २०६४
  • वर्ड फ्लु रोग नियन्त्रण आदेश, २०६४
  • पशु ढुवानी मापदण्ड, २०६४
  • पशुपन्छी आनुवाँशिक श्रोत व्यवस्थापन संरक्षण संवर्द्धन र उपयोग कार्यक्रम सञ्चालन निर्देशिका, २०६९
  • महाविनासकारी भुकम्पले क्षतिपुर्‍याएका क्षेत्रमा पशुहरुका लागि भुकम्प प्रतिरोधी नमूना गोठ / खोर निर्माणका लागि मापदण्ड, २०७२
  • पशु कल्याण प्रवर्द्धन कार्यक्रम सञ्चालन कार्यविधि, २०७३
  • गाई भैंसीलाई सुत्केरी पशु आहारा भत्ता अनुदान कार्यक्रम सञ्चालन कार्यविधि, २०७३
  • मुलुकी अपराध (संहिता) ऐन, २०७४ मा पशु कल्याण सम्बन्धी कानूनी व्यवस्था

() पशुप्रति हुने निर्दयी व्यवहार

(.१) पशुप्रति निर्दयी व्यवहार ठहररिने अवस्था

सामान्यतया व्यवसायिक रुपमा पशुपालन गर्दा वा भारवहन वा श्रमजन्य लगायतका अन्य काममा पशुको प्रयोग गर्दा देहाय बमोजिमका कार्य गरे, गराएमा पशुप्रति निर्दयी व्वहार भएको मानिनेछ :

  • पशुलाई कोर्रा, चक्कु, बन्चरो, पासो, विद्युतीय करेन्ट, खुर्सानीको धुलो लगायतका वस्तुको प्रयोग गरी पिडा दिने,
  • पशुलाई घाउ चोट वा पिडा हुने गरी फाल्सन लगाउने (हब्लिङ्ग), नाक, पुच्छर, खुट्टा बाँध्ने वा झुण्डाउने,
  • पुच्छर बटार्ने वा भाँच्ने, अङ्गभङ्ग गर्ने,
  • नवजात पशुलाई मार्ने नियतले सुकेनास गराउने, भोकै राख्ने, अजिर्ण बनाउने वा फाल्ने लगायतका अन्य कार्य गर्ने,
  • पशुलाई घाउ चोट लाग्ने वा पिडा हुने गरी हिर्काउने,
  • विरामी वा घाइते वा पिडा हुने गरी हिर्काउने,
  • पशु सेवा विभागले सिफारिस गरेको कार्यविधि विपरित बन्ध्याकरण गर्ने,
  • पशुलाई छाडा छाड्ने ।

(६.२) पशुप्रति निर्दयी व्यवहार भएको नमानिने अवस्था

देहायको अवस्थामा पशुप्रति निर्दयी व्यवहार भएको मानिने छैनः

  • दर्तावाल पशु चिकित्सक वा अधिकार प्राप्त व्यक्तिले कानूनले तोके बमोजिम वा स्वीकृत कार्यविधि अनुसार सिङ काट्न, खसी पार्न, खुर काट्न, स्वास्थ्य परीक्षण, शल्य चिकित्सा वा स्वास्थोपचार वा अन्य कार्यहरु गर्न ।
  • उपचार नहुने रोग लागेको वा अन्य कारणले अङ्गभङ्ग भई पिडाग्रस्त अवस्थामा रहेको पशुलाई त्यस्तो पिडाबाट मुक्त गर्न आवश्यक देखिएमा, पशु स्वास्थ्य,जनस्वास्थ्य संरक्षण र जनसुरक्षाको कारण वा अन्य कारणले पशुलाई नपक्री नहुने भएमा र उपचार नहुने रेबिज जस्ता रोग लागेर वध गर्नैपर्ने अवस्था भएको भन्ने ठहर गरेमा दर्तावाल पशु चिकित्सकको सुपरिवेक्षणमा तोकिए बमोजिमको मानवीय तरीका अपनाएर पशुलाई नियन्त्रणमा लिन वा करुणा मृत्यु दिने प्रयोग गरिने क्रियाकलाप गर्न ।

(७) पशुलाई काममा लगाउदा अपनाउनु पर्ने सावधानी :

  • पशुको उमेर , आहारा, शारीरिक तन्दुरस्ति, स्वास्थ्य स्थिति र सक्षमताका आधारमा काममा लगाउनु पर्ने ।
  • विभिन्न प्रजातिका पशुलाई काममा लगाउन सकिने न्यूनतम् उमेर देहाय बमोजिम हुनेछ :
  • अश्व प्रजाति ३ वर्ष, गघा ३ वर्ष, गोरु, रांगा २ वर्ष, भेडा, च्यांग्रा, बाख्रा १ वर्ष, याक, नाक, चौरी ३ वर्ष र हात्ती प्रजाति १३ वर्ष पुरा भएको हुनु पर्दछ ।
  • काममा लगाउने पशु स्वस्थ्य हुनु पर्दछ । धेरै दुब्लो वा धेरै मोटो पशुलाई काममा लगाउनु हुदैन ।कुनै पशु काम गर्न सक्षम भए वा नभएको शारीरिक अवस्था यकिन गर्न शारीरिक अवस्था मापन (Body Condition Scoring–BCS)
  • लङ्गडोपन, गहिरो वा ठूलो घाउ, काठि वा अन्य सामाग्री प्रयोग गरेको ठाउमा घांउ, अन्धोपन, रोगी ( पेट ढांडीएको, खोकी, अरुची, छेरौटी वा सिंगान बगेको ) सितांङ्ग भएको, ज्वरो आएको वा रोगका अन्य लक्षण देखाएको वा जलविनियोजन भएको पशुलाई काममा लगाउनु हुदैन ।
  • गर्भवति पशुलाई उसको गर्भाअवस्थाको तेस्रो तथा अन्तिम चरण देखि सुत्केरी भए पश्चात समेत सोही अनुसारको समयावधिसम्म काममा लगाउनु हुदैन ।
  • आमाको दूधमात्र खुवाउनजेलसम्म नवजातलाई उसको आमाबाट छुटाउनु हुदैन ।
  • फरक फरक शारीरिक अवस्था भएका भिन्न प्रजातिका पशुलाई एकैसाथ एकै तवरले काममा लगाउनु हुदैन ।

 () पशुमा भारवहन सामग्रीको प्रयोग गर्दा अपनाउनु पर्ने सावधानी

  • पशुको शरीरमा टम्म मिलेको हुनुपर्दछ ।
  • तिखो, धारिलो वा चुच्चो परेको हुनुहुदैन ।
  • पशुलाई भारवहन सामग्री लगाउदा चोटपटक र घांउ गराउने , स्वास प्रस्वास, रक्तसंचार वा शरीर सञ्चालनमा बाधा पुर्याउने खालको हुनु हुदैन ।
  • भारीको बोझ पशुको शरीरको कुनै एक विन्दुमा मात्र नपारी समान रुपमा पर्ने गरी ध्यानपूर्वक मिलाएर बांधिएको हुनु पर्दछ ।
  • काम सकिएपछि भारवहन सामग्रीलाई पशुको शरीरबाट उतारेर राम्रोसँग निरीक्षण गरी टुटफुट वा बिग्रिएको भए आवश्यकता अनुसार मर्मत सम्भार गर्नु पर्दछ ।

 () पशुलाई काममा लगाउन नहुने अवस्था

  • प्रचण्ड गर्मी , चर्को घाम, अविरल वर्षा, आंधिबेहरी, असिना, हिमपात तथा बज्रपात जस्ता प्राकृतिक विपद भैरहेको प्रतिकूल मौसम रहेको अवस्थामा ।
  • अध्यारो वा पशुको ज्यान जान सक्ने उच्च जोखिम हुने अफ्ठ्यारो कार्यस्थल प्रतिकुल समयमा,
  • दिनमा अधिकतम ८ घण्टा भन्दाबढी समय काममा लगाउनु हुदैन ,
  • हप्तामा ६ दिन भन्दा बढी काममा लगाउनु हुदैन ।

() कार्यबोझ सम्बन्धी व्यवस्था

  • पशुको शारीरिक तौलको ४० प्रतिशत भन्दा बढी भार बोकाउनु हुदैन ।
  • भरखर काममा लगाईएको, बुढो र गर्भवती पशुलाई उनीहरुको अवस्था अनुसार कार्यबोझ कम गर्नु पर्दछ ।
  • ज्यादै गर्मी, ठण्डी वा प्रतिकुल मौसम र धपडी परेको अवस्थामा कार्यबोझ घटाउनु पर्दछ ।
  • पशुले भारी बोकेर लरखराउने वा भार बोक्न वा काम गर्न नसकेको असमान्य लक्षण देखाएमा तुरुन्तै काम गराउन रोक्नु पर्दछ । पशु ठीक भए पश्चात पुनः काममा लगाउदा साविकको भन्दा कार्यबोझ कम गनु पर्दछ ।

(११) आश्रय सम्बन्धी व्यवस्था :

  • पशुलाई राखिने गोठ, खोर वा अन्य स्थानसम्म परेको, सफा, सुख्खा, प्रकाश छिर्ने र भेन्टिलेशनयुक्त हुनु पर्दछ ।
  • पशुलाई उठ्न, बस्न र घुम्न पुग्ने गरी बांध्ने वा राख्ने व्यवस्था मिलाउनु पर्दछ ।
  • सामान्यतया भाले र पोथी पशुलाई नजिकै वा एकैसाथ राख्नु हुदैन ।
  • पशुलाई धेरै गर्मी (Heat stress) र धेरै जाडो बाट सुरक्षा गर्न देहाय बमोजिमको व्यवस्था मिलाउनु पर्दछ :
  • गर्मी मौसममा पशुमा छिटो छिटो सास फेर्ने , सास फेर्न कठिनाई हुने,नाकको पोरा फुल्ने, टाउको हल्लाईरहने जस्ता हिट स्ट्रेसका लक्षण देखिएमा सोबाट बचावट गर्न आवश्यक व्यवस्था मिलाउनु पर्दछ ।
  • जाडो मौसममा पशुलाई कठ्यांग्रिनबाट जोगाउन वासस्थानको बारबनदेज गर्ने, थप सोत्तर हाल्ने, कम्बल वा कपडा ओढाउने र न्यानो पार्ने लगायतका अन्य उपयुक्त व्यवस्था गर्नु पर्दछ ।
  • गोठ न्यानो पार्दा पशुको स्वास्थ्यमा क्षति नहुने गरी गोठमा हावाको गुणस्तर (Ventilation ) को उचित व्यवस्थापन गर्नु पर्दछ ।

(१२) मुलुकी अपराध (संहिता) ऐन, २०७४ मापशु कल्याण सम्बन्धी कानूनी व्यवस्था :

प्रस्तुत ऐनको परिच्छेद २७ मा पशुपन्छी सम्बन्धी कसुर को व्यवस्था गरिएकोछ । यसमा दफा २८९ र २९० मा पशु कल्याण सम्बन्धी व्यवस्था गरिएकोछ । यो व्यवस्था २०७५ साल भदौ १गते देखि प्रारम्भ भई सकेकोछ ।

दफा २८९ मा गाई गोरु मार्न वा कुट्न नहुने : (१) कसैले गाई वा गोरु मार्ने वा कुनै चोट पुर्‍याउने  नियतले कुनै काम गर्नु वा गराउनु हुदैन ।

(२) उपदफा (१) बमोजिमको कामबाट कुनै गाई वा गोरु मर्न गएमा त्यसतो कसुर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद हनेछ ।

(३)कसैले गाई वा गोरुलाई कुटी अङ्गभङ्ग पारेमा निजलाई छ महिनासम्म कैद र अन्य चोट पुर्‍याएमा पचास हजार रुपैयासम्म जरिवाना हुनेछ ।

(४) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कसैले कुनै गाई वा गोरुले आफ्नो वा अरुको जीउ वा ज्यानमा पुर्‍याउन लागेको क्षति बचाउन आवश्यक परेको कुनै काम गर्दा त्यसतो गाई वा गोरु मर्न गएमा वा त्यसतो गाई वा गोरुलाई कुनै चोट पुग्न गएको रहेछ भने यस दफा बमोजिम कसुर गरेको मानिने छैन ।

दफा २९० मा पशुपन्छी प्रति निर्दयी व्यवहार गर्न नहुने : (१) कसैले कुनै पशुपन्छीलाई कुटी, हिर्काई वा बोक्न सक्ने क्षमताभन्दा बढी भारी बोकाई वा सामथ्र्यभन्दा बढी दौडाई वा रोग, घाउ, खटिरा वा अन्य कुनै कारणबाट काम गर्न असमर्थ भएकोलाई काममा लगाई वा हानीकारक वस्तु सेवन गराई वा अन्य कुनै प्रकारले यातना दिन वा आफुले पालेको पशुपन्छी रोगी वा वृद्ध भएको कारणले सार्वजनिक रुपमा छाड्न वा अन्य कुनै किसिमबाट निर्दयी वा क्रुर व्यवहार गर्न हुदैन ।

तर पशुपन्छीलाई कुनै काम गर्न सिकाउने, तालिम दिने, त्यसलाई आफ्नो कामप्रति निपूर्ण बनाउने उद्देश्यले न्यूनतम बल प्रयोग गरी कुनै काम गर्न वा पशुपन्छीलाई त्यसको शारीरिक क्षमता अनुसार कुनै भारी बोकाउन वा दौडाउन बाधा पर्ने छैन ।

(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन महिनासम्म कैद वा पाँच हजार रुपैयासम्म जरिवाना वा दुवै सजाय हुनेछ ।

दफा २९२ मा हदम्याद :दफा २९० अन्तरगतको कसूरमा त्यसतो कसूर भएको मितिले र यस परिच्छेद अन्तरगतको अन्य कसुरमा त्यसतो कसूर भएको कुरा थाहा पाएको मितिले तीन महिना नाघेपछि उजुर लाग्ने छैन ।

(१३) नेपालमा पशु  कल्याण कार्यमा संलग्न संस्थाहरु :

  • Federation of Animal Welfare Nepal (FAWN)
  • Sneha’s Care
  • Himalayan Animal Rescue Trust (HART)
  • Nepal Animal Welfare and Research Centre (NAWRC)
  • Animal Nepal
  • Save the Animal Nepal(STAN)
  • Society for the Prevention of Cruelty to Animals Nepal(SPCAN)
  • Voice of Animal Nepal
  • Society for Animal Welfare and Management (SAWM) Nepal
  • Animal Rights Nepal
  • Animal Welfare Network Nepal
  • Nepal Street Animal Rescue
  • Kathmandu Animal Treatment Centre(KAT centre)
  • Animal Health Training and consultancy Service (AHTCS)
  • Gaushala Animal Shelter
  • Vets for Animal Welfare Nepal (FAWN)
  • Veterinary Student for Animal Welfare (VET- SAW)
  • Animal Rights Club (ARC)
  • Project Humane Nepal
  • Nepal Para Veterinary and Livestock Association (NEVLA)
  • Nepal Livestock Health Service Technician Association (NELTA)
  • Nepal Veterinary  Association (NVA)
  • Nepal Animal Science Association (NASA)

 

१४ ) निष्कर्ष :

पशुहरुले सधै एकै किसिमको व्यवहार चाहन्छन वा मन पराउछन् । हामीले पशुलाई जति मायां दिन्छौ । उनीहरु पनि हामी प्रति त्यति नै कृतज्ञ हुन्छन । हामी उनीहरुप्रति जति निर्दयी हुन्छौ उनिहरु हामीप्रति त्यति नै उदासिन देखिन्छन । पशुहरुले मानिसले लगाएको गुन एकएक गरी तिर्दछन् ।

हामी पशुपन्छीलाई जतिजति माया गर्छौं, उनिहरुले हामीलाई त्यति बढी फाईदा दिन्छन । पशुपन्छीहरुले मात्र जस्तो लगानी गर्दछौं त्यसतै प्रतिफल दिएको पाईन्छ । यसलाई Input = Output को सिद्धान्त भन्न सकिन्छ । सामान्यतया हामीले  किर्ना (Ticks ) ग्रसित दुहुनो गाईको शरीरबाट १० वटा किर्ना टिपेर हटाउने हो भने पनि त्यसले हामीलाई ६० एम.एल . बढी दूध दिन्छ ।हामी पशुलाई जति राम्रो तथा पौष्टिक आहारा दिन्छौं त्यसले हामीलाई उत्पादन पनि बढी दिन्छ । जुन दिन हामीले पशुलाई पिट्ने तथा तर्साउने गरेको हुन्छ वा पानी समेत प्रशस्त पिउन दिएको हुदैन भने त्यस दिन दूध उत्पादन घटाउछ । यस्ता कुरा हामी प्रत्यक्ष अनुभव गरिरहेका हुन्छौं ।स्वच्छ खाना खानपाउने उपभोक्ताको अधिकार हो । स्वच्छ पशुजन्य उत्पादनकोलागि असल पशुपालन अभ्यास (Good Animal Husbandry Practice- GHP) विना कल्पना पनि गर्न सकिदैन । असल पशुपालन अभ्यास प्रमाणिकरणकोलागि पशु कल्यण (Animal welfare) एक अनिवार्य एवं महत्पूर्ण शर्त हो, यसको अभावमा विकसित देशहरुमा पशु तथा पशुजन्य उत्पादन विक्री वितरण गर्न प्रतिवन्ध हुन्छ ।यसकारण हरेक व्यवसायिक पशपन्छी फार्मले अनिवार्य रुपमा पशुपन्छीका सर्वमान्य आधारभूत पक्षहरु तथा पशुपन्छीका पांच वटा स्वतन्त्रताहरुलाई इमानदारीका साथ  अवलम्बन गर्न अपरिहार्य छ । पशु कल्याणको लागि हामी सबै मानव जातिको निरन्तर प्रयास हुनु पनि त्यतिकै महत्वपूर्ण रहेकोछ । हाल नेपालमा पशु कल्याणको क्षेत्रमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा संलग्न संस्थाहरुको योगदान सम्मान योग्य छ । यिनको निरन्तरताको लागि सरकारी सहकार्य तथा समन्वय अपरिहार्य छ । पशु कल्याणको कार्यलाई अझै निकै उचाईमा पुर्‍याउन छुट्टै पशु कल्याण ऐनको खाँचो रहेको सम्बद्ध सबै सरोकारवालाहरु एकमत देखिएको पाइन्छ । आगामी दिनमा यी अधुराकार्यहरु पुरा गर्नकोलागि सरकारी तथा गैर सरकारी क्षेत्रमा कार्यरत रही पशु कल्याणकोलागि प्रयासरत सबै सरोकारवालाहरुको निरन्तर प्रयासको खाँचो देखिन्छ ।नेपालमा पशु कल्याणको इतिहास निकै लामो भएको भएतापनि हाल आएर यसमा क्रमिकरुपमा कमी आएको कुरा सामुदायिक पशुहरुको अवस्थाले इङ्गित गर्दछ । पशु कल्याणमा हामी सबैको ध्यान पुग्न जाँदा मात्र पशु कल्याणकारी कामले सफलता पाउछ ।यसले मात्र हामी नैतिकवान सभ्य सुसंस्कृत एवं संस्कारी भएको पहिचान दिलाउन सफल हुनेछ । अन्यथा महान विचारक महात्मा गान्धीजीको भनाई छ कि æOne can measure the greatness and the moral progress of nation by looking at how to treats  its animal Æ राष्ट्रद्वारा आफ्ना पशुहरुप्रति कसरी व्यवहार गर्दछ भन्ने कुराले नै उसको महानता र नैतिक प्रगतिको मापन गर्दछ भन्ने कुराले पुष्टि गर्दछ । यसकारण पशु कल्याणको लागि पशुपन्छी प्रति हुने सबैखालका निर्दयी व्यवहारको पूर्ण रुपमा अन्त्य गर्ने तर्फ सधै क्रियाशील रहनु अपरिहार्य छ ।

सन्दर्भ ग्रन्थहरु :

  • पशु स्वास्थ्य तथा पशु सेवा ऐन, २०५५
  • कृषि सम्बन्धी नीति, ऐन, नियम र आदेशहरुको संगालो कृषि तथा सहकारी मन्त्रालय योजना महाशाखा कृषि तथा सहकारी नीति शाखा सिंहदरवार काठमाडौं आषाढ , २०६५
  • पशु सेवा सम्बन्धी ऐन, नियमावली तथा नीतिहरुको संगालो पशु सेवा तालिम तथा प्रसार निर्देशनालय हरिहरभवन, ललितपुर पुनः प्रकाशन २०७१, आषाढ
  • पशु कल्याण कार्यक्रम सञ्चालन कार्यविधि,२०७३
  • गाईभैसी तथा दुग्ध उत्पादन सम्बन्धी कार्यक्रम सञ्चालन निर्देशिका र कार्यविधिहरुको संगालो आ.व.२०७३७४ केन्द्रीय गाईभैंसी प्रवर्द्धन कार्यालय हरिहरभवन, ललितपुर
  • पशु कल्याण निर्देशिका, २०७३ पशुपन्छी विकास मन्त्रालय सिंहदरवार काठमाडौं
  • मुलुकी अपराध संहिता ऐन, २०७४ कानून किताब व्यवस्था समिति, बबरमहल,काठमाडौं २०७४ साल मंसिर
  • Sarma, Dr.Anil Kumar, Animal Welfare and Laws of Animal Crualty, page267-275 Disease of animals and poultry Pushpa Prakashan  Bihar veterinary college Patana India, 1997
  • Animal Welfare – Wikipedia, the freeencyclopedia page 1- 9
  • मुलुकी ऐन, १९१०

https://archive.org/details/kshatri12_gmail_

( लेखक बासुदेव नाथ- भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय बागमती प्रदेश, हेटौंडा मकवानपुरमा अधिकृतस्तर आठौं  पशु विकास अधिकृत पदमा कार्यरत हुनुहुन्छ ।)

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी