झापा शिवसताक्षी नगरपालीका ९ दुधेकी रेखा चौधरी (बर्ष ५४)लाई दुई नाबालक छोराछोरीसहित परिवार पाल्ने चिन्ताले सताईरहन्थ्यो । उमेरमै श्रीमान बिते । सबै जिम्मेवारी आफ्नो काधमा आयो । अर्काको घरमा कोठा भाडामा लिएर बसेकी उनलाई बिहान बेलुका के खाने भन्ने चिन्ताले सताउने ग¥थ्यो। नुन तेल किन्न अर्काकैमा मजुदुरी गर्न जानुप¥थ्यो। मेलापात र सामान्य मजदुरी गरेर दैनिकी चलाउर्दै आएकी रेखालाई छोराछोरी पढाउनसमेत मुस्किल थियो । उनी बसेकै वडामा महिलाहरुले मासिक रुपमा बचत गर्ने उदेश्यले समूह खोलेका थिए। मासिक रुपमा समूहमा ५० रुपैया जम्मा गर्नुपथ्यो । त्यसैबाट ऋण लिँदै दुःख गरेर उनले छोरा छोरी पढाउँदै थिइन्।
सधै मजदुरी गरेर घर धान्न, बालबच्चा पढाउन मुस्किल भएपछि रेखा आफै केहि व्यावसाय गर्ने सोचमा पुगिन् । र स्थानीय सतासी महिला मौरीपालन सहकारीको सहयोगमा उनले मौरीपालन व्यवसाय सुरु गरिन् उनको दैनिकीमा विस्तारै सुधार हुँदै आयो। उनी मात्र होइन शिवसातीक्षीका ३२० जना महिलाले मौरीपालन व्यावसाय सुरु गरेका छन् ।
कुनैबेला घर खर्च चलाउन गाह्रो भएर समस्या नै समस्यामा घेरीएका विपन्न परिवारका महिलाहरुको जीवनमा मौरीपालन व्यवसायले अहिले धेरै परिवर्तन आएको छ। उनीहरुको आर्थिक स्थिति सुध्रिएको मात्रै हैन बार्षिक रुपमा राम्रो आम्दानी गरिरहेका छन् ।
वार्षिक १४ लाख आम्दानी
दुई गोला (घार ) माहुरी लिएर रेखाले माहुरीपालन शुरु गरेँकी हुन् । महिला समूहको बैठकमा आउने जाने गर्दा रेखाको २०६९ सालमा सतासी महिला माहुरीपालन सहकारी संस्थाकी व्यवस्थापक देवी दाहालसँग भेट भयो । रेखा सम्झनुहुन्छ, “मेरो आर्थिक अवस्था कमजोर भएको र घरमा कमाउने अर्को कोहि नभएको देखेपछि देवी दिदिले सहकारीमा आवद्ध भएर माहुरी पालन गर्न सल्लाह दिनु भयो, त्यसपछि मौरीपालन सुरु गरे ।”
रेखाले सुरुमा ३२ सय रुपैयाँमा २ गोला मौरी सहकारीबाट लिजमा लिईन् । दुई बर्षसम्म पाल्दा १० गोला मौरी पनि आफ्नै बनाईन् । तर लामो समय व्यावसाय बढाउनका लागि आर्थिक अभावमा खुम्चिएर बस्नुपर्यो । त्यहिबेला युवा तथा साना व्यवशायी स्वरोजगार कोषले सहुलियत दरको कर्जा वितरण गरिरहेको थियो । उनले पनि रु एक लाख ( १००,०००) लिईन् र माहुरी व्यावसाय बढाईन् ।
उनलाई स्वरोजगारको सहुलियत कर्जा सहित माहुरी पाल्ने तालिम पनि सोही सहकारीले दिलायो । रेखा भन्छिन्, ‘पहिला छोराछोरीलाई विद्यालय पठाउनसमेत समस्या हुन्थ्यो, उनीहरुको खर्च कसरी गर्ने, बेलुका के खाने भन्ने चिन्ताले सताउँथ्या,े तर अहिले त्यस्तो छैन।’ उनले अहिले वार्षिक १४ लाखसम्म कमाउन थालेकि छन् । उनले भनिन्, ‘मैले अहिले मौरीबाट सबै खर्च कटाएर बार्षिक १४ लाख आम्दानी गर्न थालेको छु यसले मेरो दैनिकीमा धेरै परिवर्तन आएको छ ।’
अहिले उनीसँग ८० घार मौरी छन्। उनी भन्छिन्, ‘शुरुमा १२ घार माहुरीबाट पाँच सय केजी मह उत्पादन हुन्थ्यो । त्यतिबेला डेढ लाख जति आमदानी हुन्थ्यो । तर अहिले ८० घार माहुरी भएको छ मेरो ।’ ८० घार माहुरीबाट अहिले बार्षिक रुपमा ४ हजार केजी मह उत्पादन हुने गरेको रेखाले बताईन् । त्यसबाट बर्षमा करीब १४ लाख बराबरको मह सहकारी मार्फत विक्री गर्दै आएकी छिन् । रेखाले भनिन्, ‘मौरी चरनदेखि लाग्ने सबै खर्च कटाएर १४ लाख सम्म बार्षिक आम्दानी गरिरहेकी छु । ’ उनलाई मह बेच्न पनि समस्या छैन । सहकारीले घरैबाट मह लैजाने गरेको छ ।

अर्काको घरमा भाडा तिरेर बसेकी रेखाले अहिले मह बेचेर नै स्थानीय दुधे बजारमा जग्गा किनेर घर बनाएकी छन् । मौरीपालन व्यवसायबाट रेखा जस्तै त्यहाँका महिलाले परिवारको आर्थिक अवस्था सुधारेका मात्रै छैनन् आफ्नो ठाउँ र संस्थाको नामसमेत राष्ट्रस्तरमै चिनाउन सफल भएका छन्।
रेखा भन्छिन्, ‘अब त छोरा छोरी पनि हुर्किए । सभ्य र आत्मनिर्भर भएर अगाडी बढ्न स्वरोजगार कोषले ठूलो मद्धत पुर्याएको छ । मौरी पालनमा छोरोले पनि मलाई सहयोग गर्ने गर्छ ।’ मिर्मिरे अनलाईनसँग कुरा गर्दै उनले आफ्नै प्रेरणाबाट धेरै कमजोर वर्गका महिलाले माहुरी पालेर जीविकोपार्जन गर्न सफल भएको भन्दै खुशी व्यक्त गरिन् । मौरी व्यावसाय फस्टाउन युवा स्वरोजगार कोषले स्स्तो ब्याजदरमा रिण लगानी गरिदिएको धन्यवाद समेत व्यक्त गरिन् । रेखा भन्छिन्, “आर्थिक अभावले समस्याभएको बेला सहयोग गर्ने स्वरोजगार कोषलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु । जसले मलाई जिरोबाट हिरो बनाएर समाजमा आत्मसम्मानका साथ बाँच्न प्रेरणा दियो ।”

मौरीपालन व्यावसाय गर्ने महिलालाई स्वरोजगारको साथ
शिवसताक्षी वडा नं.९ र ११ (साविकको ६ र ९ नम्बर वडा) का ३२० जना महिलाले मौरीपालन व्यावसाय गरिरहेका छन् । उनीहरुलाई स्वरोजगार कोषले सतासी महिला मौरीपालन सहकारी मार्फत सहुलियत कर्जा प्रवाह गरिरहेको छ । उक्त सहकारीले कोषले प्रदान गरेको कर्जा मौरीपालनका लागि मात्रै लगानी गर्ने गरेको व्यवस्थापक देवी दाहालले जानकारी दिईन् । कोषबाट प्राप्त पहिलो किस्ता ५० लाख र दोस्रो किस्ता ७५ लाख सहकारीले कृषकलाई वितरण गरिसकेको छ । अहिले रु एक करोड माग गरिएको व्यावस्थापक दाहालले बताईन् ।
सहकारीले मौरीपालन व्यवसायमा आउने महिलालाई मौरीपालनको तालिम दिनेदेखि धरौटीमा मौरीको घार दिने र बजारीकरणसमेत गरिदिने गरेको छ ।
हाल संस्थामा हाल ४ सय ५३ जना महिला सदस्य रहेका छन्। अहिले सहकारीका ३ सय २० सदस्यले सफल मौरीपालन व्यवसाय गरिरहेका छन्। उनीहरुसँग १० घार देखि ३ सय घार सम्म मौरी पाल्ने महिला व्यावसायी छन् ।

सतासी मौरीपालक सहकारीले संस्थामा आबद्ध महिलाले वार्षिक रुपमा उत्पादन गरेको २२ हजार केजी मह आफैं बेच्दै आएको संस्थाकी उपाध्यक्ष धनमाया थापाले बताइन्। उनले भनिन्, ‘हामीले हाम्रो सेयर सदस्यहरुलाई तालिमकको व्यवस्था गरेका छौं, मौरी पाल्न चहानुहुने सदस्यलाई हामी परामर्श पनि दिन्छौं।’ उनले आफूहरुले बजारीकरणमा पनि सहयोग पुर्याएको बताइन्। उनले भनिन्, ‘हामी मौरीपालक किसानबाट मह लिन्छौं, त्यसलाई बजारसम्म पुर्याउँदै आएका छौं।’ अहिले सम्म ३५ सय घार मौरी व्यावसायीसँग रहेको र त्यसबाट लकडाउन अगाडि बर्षमा ६० टन मह उत्पादन भएको व्यावस्थापक दाहालले जानकारी दिईन् ।अघिल्लो बर्ष कोरोनाका कारण लकडाउन भएकोले उत्पादनमा कमि आएको उनको भनाई छ । उक्त अवधिमा ३५ सय टन मह उत्पादन भएकोमा यस बर्ष पनि कोरोना कै कारण उत्पादनमा कमि आई २५ सय देखि ३ हजार टनसम्म मात्रै मह किसानबाट आएको दाहालले जानकारी दिईन् ।
मह प्रशोधन सहकारी आफैले गर्छ । त्यसका लागि सहकारीले सुरुमा १६ लाखको मेसिन खरिद गरेको थियो । तर अहिले उक्त मेसिन बिग्रिएकाले नया अटोमेटिक मेसिन खरिद गर्ने तयारी अन्तिम चरणमा पुगेको दाहालले बताईन् । प्रदेश १ सरकारको २० लाख अनुदान सहयोगमा सहकारीले थपेर हाल ३९ लाख पर्ने नयाँ मह प्रशोधन मेसिन खरिद गरिएको र केहि दिनमा आईपुग्ने उनले बताईन् ।
मौरी गोला सहित सहकारीले कृषकलाई मौरीका लागि आवश्यक पर्ने कृत्रिम खाना, मौरी घार, टोपि लगायत मौरीलाई आवश्यक पर्ने सामग्रि समेत सुपथ मूल्यमा उपलब्ध गराउदै आएको छ । खरिद गर्न वितरण गरेको उनले बताइन्। स्वादिष्ट भोजनको रुपमा उत्कृष्ट पोषक तत्व भएको महको माग र बजार अत्यन्त ठूलो रहेको उनी बताउँछिन्। ‘सतासी सहकारीको मह’ भनेपछि बजारमा शुद्धताको ब्रान्ड नै बनिसकेको स्थानीय बताउँछन्। विदेशबाट समेत यसको माग बढीरहेको उनले बताईन् । अहिले उत्पादित मह झापासहित ताप्लेजुङ, धनकुटा, विराटनगर, काठमाडौँ लगायतका बजारमा बिक्री गरेको छ । तोरी र फापरको महको तुलनामा जंगलबाट उत्पादित मह मंहगोमा बिक्री हुने गर्छ ।

मौरीका लागि चरनको समस्या
सहकारीकी व्यवस्थापक दाहालले मौरीका लागि चरनको धेरै समस्या रहेको बताईन्। उनले भनिन्,‘ हामीलाई मौरीका लागि चरनकै समस्या छ, मानिसहरुले अझै पनि मौरीले बालिमा क्षति पुर्याउँछ भन्ने सोच्छन्, त्यसकारण हामीलाई समस्या भएको हो।’ उनले स्थानीय स्तरमा मौरीका लागि चरन क्षेत्र नपुग्ने भएकाले झापाबाट मोरङ, उदयपुर, सुनसरी, दाङ सम्म लैजाने गरेको बताईन् ।
कात्तिकदेखि सुरु हुने मौरीको सिजन जेठसम्म रहने सहकारीकी व्यवस्थापक दाहालले बताइन् ।
सौजन्य तस्बिरः सन्तोष सापकोटा, युवा तथा साना व्यवशायी स्वरोजगार कोषको झापा जिल्ला सहजकर्ता ।