लडाकु देखि व्यवसायीसम्मः ईन्द्रमायाका संघर्ष र सफलता

लडाकु देखि व्यवसायीसम्मः ईन्द्रमायाका संघर्ष र सफलता

  • शनिबार, असार ५, २०७८
  • धन बहादुर सुनार

  • 21.8K
    SHARES

भोजपुर । बिद्यालयस्तरको पढाई पुरा गर्न नपाउदै २०५९ सालमा जनयुद्धमा होमिएकी थिईन् इन्द्रमाया तामाङ । गाउँ गाउँबाट माओवादी आन्दोलनमा लामबद्ध हुने क्रम बढेको थियो । त्यहि बेला उनी पनि बुझेर होस् या नबुझेर युद्धमा होमिईन् ।
सानै देखि शाहसी, विद्रोही स्वभावकी तामाङको बाल मस्तिस्कले देश र जनताको मुक्ति यहि आन्दोलनबाट हुन्छ भन्ने पसेको थियो । त्यहि बुझाईपछि कक्षा ८ को अध्ययन भर्खर पुरा गरेकी उनले कलम छाडेर बन्दुक बोकिन् । होलटाइमर कार्यकर्ता बनेको छोटो समयमा नै उनले युद्धका मोर्चाहरु सम्हाल्न थिलिन् । श्रमजिबी जनताको मुक्तिका लागि जनताको न्याय स्वतन्त्रता र मुक्तिको लागि भनेर भएको जनयुद्धको क्रममा १६ औ बटालिएन अन्तर्गत बी कम्पनीमा रहेर ३० वटा भन्दा बढी युद्धमोर्चामा उनी लडेको सुनाउछिन् । अन्त्यन्तै साहसी प्रखर योद्धाको रुपमा चिनिन उनलाई धेरै समय लागेन उनले युद्धका मोर्चाको कमाण्ड लिन पनि पछि परिनन् । २०५२ साल देखि २०६२ साल सम्मको १० वर्षे जनयुद्धमा धेरै कष्टकर र दुखदायी जीवन यापन गरेकी उनी २०६२ सालमा शान्ति प्रक्रियाको थालनी सँगै उनी फेरी पारिवारिक समस्याको कारण घर परिवारसँग रहन बाध्य भइन् ।
आमा राम्रीमाया तामाङ बुबा महेश तामाङको कोखबाट २०४४ साल माघ १५ गते भोजपुर जिल्ला गोगने गा.वि.स. वडा नं. ७ (हाल टेम्केमैयुङ ९ लेखर्कमा) जन्मिएकी तामाङ जे उदेश्य बोकेर जनयुद्धमा सामेल भएकी थिईन् त्यो पुरा हुन नपाउर्दै पुनः पुरानै अवस्थामा फर्किन बाध्य भईन् ।
उनको जीवन जनयुद्धले माथि उकास्न सकेन । फेरी दुई छाक खान कै लागि चिन्ता गर्नुपर्ने अवस्था आईलागेपछि उनले आफ्नै खेतमा पसिना बगाउने निश्कर्षमा पुगिन् । र व्यवसायीक खेतीपाती गरेर परिवार पाल्नतिर लागिन् । यसै शिलसिलामा २०६४ सालमा भोजुपर जिल्ला लेखर्क गा.वि.स वडा नं. ७ का रामकुमार तामाङ सँग उनले विवाह गरिन् । श्रीमानको पनि आर्थिक अवस्था नाजुक भएकै कारण परिवार पाल्न धौ धौ नै थियो । विवाह गरेको केही समयमै श्रीमान रामकुमार तामाङ विदेश तिर लाग्नु प¥र्याे । श्रीमान राकुमार तामाङ ३ वर्ष मलेसिया बस्दा उनले महिनाको १२ देखि १३ हजार सम्मको आम्दानी गरेर परिवार खर्च पठाउथे ।
यता इन्द्रमाया गाउँबाट जिल्लाको सदरमुकाम भोजपुर बजार तिर भौतारिदै केही काम खोज्दै गर्दा २०६५ सालतिर आर. आर. एन भन्ने संस्थाले द्धन्द्ध पिडित पुर्व लडाकु, आर्थिक रुपमा पिछडिएका युवा युवतीहरुलाई विभिन्न सीपमुलक तालिमहरु सञ्चालन गर्दे गरेको थाहा पाइन् र उनले पनि त्यहाँ सिलाई कटाई तालिम ३ महिनाको लिएर उनले सानो ऋणबाट सिलाई कटाई व्यवसाय सुरु गरिन् ।
बजारमा कोठा भाडामा लिएर सुरु गरेकी उनले सँगसगै होटल पनि राखेर सामान्य खाजा नास्ता बनाउन चटपटे बनाउन सुरु गरिन् । व्यवसाय बढाउँदै लाने क्रममा उनीसँग आम्दानी भन्दा पनि ऋण धेरै हुँदै गयो । तर उनी पछि हटिनन् । होटल सँग सिलाई कटाई व्यवसायलाई निरन्तरता दिँदै उनी अगाडि बढीन् ।
यही क्रममा इन्द्रमायाले नेपाल सरकारको युवा तथा साना व्यवशायी स्वरोजगार कोषबाट ऋण पाईन्छ भन्ने जानकारी पाईन् । त्यसैका आधारमा उनले कोषबाट ऋण लिन प्रगतिशील महिला सहकारीमा निवेदन दिईन् । सो सहकारीले कोषबाट प्राप्त गरेको रकमबाट उनलाई रु ८५०००।– (अक्षेरेपी पचासी हजार मात्र) ऋण दियो ।
त्यही पैसाले उनले शुरुमा चट्पटे र सामान्य खाजा मात्र बेच्दै आएको होटलमा थप लगानी गरिन् । सिलाई कटाई लाई कम प्राथमिकता दिएर होटल व्यवसायलाई बढी प्राथमिकता दिदै होटल व्यवासयलाई विस्तार गर्दै लगिन् । त्यही विस्तार गरिएको होटलले उनलाई राम्रो आमदानी दिन थाल्यो । ग्राहकको मन जितेर उनले धेरै ग्राहकलाई आफ्नो होटलमा निरन्तर ग्राहक बनाउन सफल भइन ।
उता श्रीमान रामकुमार तामाङ पनि विदेशबाट फर्किर नेपालमा नै केही गर्नुपर्छ भनेर नेपाल फर्के । श्रीमान श्रीमती दुवैजना भएर होटल सँगै सिलाई कटाई व्यवसायलाई सँगै अगाडि बढाए । समस्यामा परेको बेला स्वरोजगार कोषले दिएको रकमले ठुलो सहयोग गरेको इन्द्रमाया बताउछिन् । विस्तारै आम्दानी बढ्दै गर्दा उनले किराना पसल पनि थपिन् । आम्दानी बढदै गयो । नजिकै भोजपुर बजारमा ४ आना जग्गा पनि लिइन । त्यस सँगै एक तले चारकोठे घर बनाउन समते सफल भइन । श्रीमानले पनि आइसक्रिम चटपटे सँगै व्यवसायलाई अगाडि बढाइरहेका थिए । अझै व्यवसाय बढाउने शिलसिलामा उनले पाउरोटी उद्योग खोल्ने विचार गरे र त्यही बेलामा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम पनि आयो । उनले त्यही कार्यक्रम अन्तर्गत पाउरोटी बनाउने तालिम लिए । उनीहरुले थप ऋण लिएर शुरु गरेको उद्योगमा पाउरोटी, विस्कुट, दुनोट, बर्थडे केक समेत उत्पादन हुँदै आएको छ । स्थानीय बजारमा उनको पाउरोटीले राम्रो बजार पाएको उनी बताउछिन् ।

अहिले ईन्द्रमायाले घरको तला थपेर तीन तले बनाउन सफल भएकी छन् । ईन्द्रमायाले पाचधारे होटल एण्ड पाउरोटी उद्योग दर्ता गरी सञ्चालन गरिरहेकी छन् । अहिले उनका दुई छोरी हरु छन् । एक छोरी यु के.जीमा बोर्डिङ स्कुलमा पढाउछिन । एक छोरी ३ महिनाको छन् । परिवारलाई खान लाउन बस्नको लागि घर ऋणबाट मुक्ति सँगै महिनाको १ लाख पचास हजार बराबरको आम्दानी गर्छिन उनी । अहिले चार जनाको परिवार खुसी साथ विताइरहेको उनी बताउछिन् । गरे केही हुदो रहेछ पहिले नै छोडेको भए यो अवस्थामा आइदैनथ्यो भन्छिन इन्द्रमाया । पहिलेको दुःखलाई सम्झदा भावुक हुन्छिन उनी । देशमा केही गर्न सकिदो रहेछ विदेश नै जानु पर्ने अवस्था नपर्ने उनका श्रीमान रामकुमारको पनि धारणा छ । इन्दमाया अन्तिममा भन्छिन, ‘हामी जस्ता युवायुवती शसस्त्र द्धन्द्धमा लागियो । देशमा परिवर्तन खासै भएन गरिब गरिब नै छन् धनी झन धनी भइरहेको छन् ।’  समनताको लागि लडियो केही त परिवर्तन भयो तर सोचे जस्तो परिवर्तन आएन हामीलाई राज्यले केही गर्न सकेन उनी दुःख व्यक्त गर्छिन् । तर पनि अहिले आफैले केही गरिएको छ । शान्ति होस फेरी युद्ध नहोस यसैमा हामीलाई कल्याण छ उनको भनाई छ । उनी अन्य युवाहरु, बेरोजगार भएकै कारण विदेश जानु भन्दा बरु सीप, क्षमता प्रयोग गरी सरकारी निकायबाट पाईने रिणै लिएर भए पनि उद्यमी व्यवशायी बनेर आफ्नो, समाजको र देशको विकासमा लाग्नु पर्ने सुझाव दिन्छिन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी