किसानको दुखेसो : समयमा मलखाद पाउनै सकस

किसानको दुखेसो : समयमा मलखाद पाउनै सकस

  • सोमवार, जेष्ठ ३१, २०७८
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

महेन्द्रनगर, ३१ जेठ । मुलुक कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहरले आक्रान्त बनेका बेला यहाँका किसान भने रोपाइँको चटारोमा छन् । बर्खा लागेसँगै कोरोना त्रासदीका बीच किसानहरु खेतमा कतै धान रोपाइँ त कतै खनजोतमा भेटिन्छन् ।

कोरोनाको दोस्रो लहर ओरालो लागिरहेका बेला कञ्चनपुरका किसानहरुले भने मलखाद नपाउँदा खेती फस्टाउनेमा चिन्ता व्यक्त गरेका छन् । “न सरकारले किसानलाई कोरोना विरुद्धको खोप लगाउन लक्षित समूहमा राख्यो न त चाहिएका बेला मलखाद उपलब्ध गराउन पहल नै ग¥यो”, यहाँको वेदकोट नगरपालिका–५ का लालबहादुर डगौँराले भन्नुभयो, “लकडाउनले बजार बन्द रहँदा मलखाद खरिद गर्न पनि सहज भएन ।”

उहाँले खेती गर्ने बेला हरेक समय मलखाद अभाव झेल्नुपरेको दुखेसो पोख्नुभयो । भारतबाट यहाँ लुकिछिपी आउने डिएपी, युरियालगायतका रसायिनक मल आयातमा स्थानीय प्रशासनले रोक लगाउँदा किसान थप मारमा रहेको उहाँको भनाइ थियो ।

“बर्खाका बेला किसानहरुलाई पनि प्राथमिकतामा राखेर खोप उपलब्ध गराउनुपर्ने हो”, उहाँले भन्नुभयो, “महामारीका बेला सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, कर्मचारी, ज्येष्ठ नागरिकलाई खोप दिइए पनि उत्पादनमा लागेका किसानहरु जोखिम मोलेरै खेतमा काम गर्न बाध्य छन् ।” चीनबाट पछिल्लो समय आयात गरिएको कोरोना विरुद्धको खोप कञ्चनपुरमा सात हजारभन्दा बढी मात्रामा आएको थियो । यहाँ केन्द्रको परिपत्रअनुसार ६२ देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिक, सुरक्षाकर्मी, सञ्चारकर्मीलाई उक्त खोप लगाइँदैछ ।

त्यसैगरी कञ्चनपुरको भीमदत्त नगरपालिका–७ हल्दुखालका स्थानीयवासी मदन चन्दले मलखाद आयातमा रोक लगाउन नहुने बताउनुभयो । “कि त सरकारले किसानलाई मलखाद उपलब्ध गराउनु प¥यो होइन भने सीमावर्ती भारतीय बजारबाट सहजरूपमा आयात गर्न दिनुपर्छ”, उहाँले भन्नुभयो, “एकाध बोरा मलखाद सीमामा नियन्त्रणमा लिएर कुनै ठूलो उपलब्ध हुने होइन ।” उहाँले भारतबाट लुकिछिपी आउने तस्करीको मल किसानले चर्को मूल्यमा खरिद गर्नुको विकल्प नरहेको बताउनुभयो ।

त्यसैगरी नेपाल किसान सङ्घका केन्द्रीय सदस्य नारायणदत्त पन्तले अहिलेको परिस्थितिमा किसानले सास्ती खेप्नुपरेको बताउनुभयो । “सरकारले मल दिन नसकेको परिस्थिति छ”, किसान नेता पन्तले भन्नुभयो, “अन्यत्रबाट ल्याउँदा प्रहरी प्रशासन लगाएर नियन्त्रणमा लिइन्छ ।” उहाँले समयमा खेती लगाउन मलखाद पनि समयमै पाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले चौतर्फी पीडाका बीच किसानहरु खेतीबारीमा काम गरिरहेको बताउनुभयो । “किसानलाई खोप लगाउन सरकारले ध्यान देओस्”, उहाँले भन्नुभयो, “मिडियामा ठूलो मात्रामा खोप आउने भनिए पनि यहाँ किसानलाई बेवास्ता गरियो ।” लकडाउनमा किसानलाई कृषि बीउबिजन, खाद्य सामग्री र कृषि सामग्री खरिदमा सहज गर्नुपर्ने उहाँको भनाइ थियो ।

यहाँको कृषि ज्ञान केन्द्रका प्रमुख दिलबहादुर विष्टले जिल्लामा किसानको मागअनुसार मलखाद पाउन नसकेको बताउनुभयो । उहाँका अनुसार कञ्चनपुरमा ४८ हजार ४९६ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ । यो वर्ष १० प्रतिशत मात्र रोपाइँ सकिएको छ । “कृषि सामग्री संस्थान र साल्ट टे«डिङ लिमिटेडले सहकारी र समूहमार्फत किसानलाई मलखाद बिक्री वितरण गर्ने गर्छन्”, उहाँले भन्नुभयो, “कोरोना कहरका बीच किसानहरु रोपाँइमा व्यस्त हुन थालेका छन् ।” कञ्चनपुरमा दोधारा चादँनी, बेलौरी, बेल्डाँडी र पुनर्बास क्षेत्र हुँदै भारतबाट समेत खेतीको समय मलखाद आयात हुने गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी