नमोबुद्धका किसानलाई अनुदानमा भैसी

नमोबुद्धका किसानलाई अनुदानमा भैसी

  • शुक्रबार, जेष्ठ २८, २०७८
  • मिर्मिरे अनलाइन

  • 11.9K
    SHARES

दाप्चा– नमोबुद्ध नगरपालिकाले व्यवसायिक पशुपालनमा किसानलाई आकर्षित गर्न र किसानको आयस्तर वृद्धि गर्न अनुदानमा उन्नत जातको भैसी वितरण कार्य सुरु गरेको छ ।
नगरपालिकाले शुक्रबार वडा नं। १० बाट किसानलाई भैसी वितरण कार्यको सुरुवात गरेको हो । शुक्रबार आयोजित कार्यक्रममा वडा नं। १० का ५५ जना पशुपालक किसानलाई थोरे भैसी वितरण गरिएको छ । किसानलाई ८० प्रतिशत अनुदानमा भैसी वितरण गरिएको हो ।
नमोबुद्ध नगरपालिकाका नगरप्रमुख टिपी शर्मा तिमल्सिनाले चुनावी प्रतिवद्धतालाई कार्यान्वयन गर्दै जाने क्रममा कृषि र पशुपालनमा नगरका किसानलाई व्यवसायिक बनाउन र किसानको आयस्तरमा वृद्धि गर्ने उद्देश्यसहित यो कार्यक्रमको सुरुवात गरिएको बताएका छन् । नगर प्रमुख तिमल्सिनाका अनुसार दूधमा आत्मनिर्भर बनिसकेको नगरपालिकामा पशुपालनलाई प्राथमिकताका साथ अगाडि बढाउन अनुदानमा भैसी वितरणको कार्य सुरु गरिएको हो । उनका अनुसार यही आर्थिक बर्षमा अनुदानमै नगरका किसानका लागि उन्नत जातका बाख्रा वितरणको कार्यसमेत हुँदैछ । यसका लागि बाख्रा खरिदको प्रक्रिया अघि बढाइसकिएको तिमल्सिनाले जानकारी दिएका छन् ।
शुक्रबार वडा नं। १० को कार्यालयमा आयोजित कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल, वडा नं। ९ का वडाअध्यक्ष एवं नगरपालिकाका कृषि समिति संयोजक मेलवहादुर लामा, वडा नं। १० का वडा अध्यक्ष रामकृष्ण अधिकारी, नगरपालिकाको पशु विकास शाखाका प्रमुख चिरञ्जिवी शर्मा लगायतले किसानलाई भैसी वितरण गर्दै अभियानको सुरुवात गरेका थिए । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले यस बर्षबाट सुरु भएको भैसी वितरण कार्यक्रमलाई आगमी आर्थिक बर्षमा पनि निरन्तरता दिने बताए । उनले नगरभरिका किसानलाई आत्मनिर्भर बनाउने उद्देश्यसहित कार्यक्रम सुरु गरिएको पनि जानकारी दिए । अनुदानमा वितरण गरिएको सबै भैसीको बिमासमेत गरिएको उनले बताए ।
यस्तै वडा नं। ९ का अध्यक्ष मेलवहादुर लामाले नगरपालिकाले कृषि र पशुपालन क्षेत्रको विकासका लागि विगतदेखि नै कार्य गर्दै आएको र त्यसैको निरन्तरतास्वरुप यस बर्षदेखि उन्नत जातका भैसी वितरण गर्न थालिएको बताए । नगरमा कृषि र पशुपालन क्षेत्रको विकासका लागि थय कार्ययोजनासमेत बनाइएको उनले बताए । वडा नं १० का अध्यक्ष रामकृष्ण अधिकारीले वडामा वितरण गरिएका भैसीमध्ये सबैभन्दा पहिला सुत्केरी हुने भैसीपालक किसानलाई १० हजार रुपैयाँ पुरस्कार दिने घोषणा पनि कार्यक्रममा गरे । अधिकारीका अनुसार वडा समितिले एकल महिला, असहाय र लामो समयदेखि पशुपालनको क्षेत्रमा लागेका किसानलाई प्राथमिकताको आधारमा भैसी वितरण गरेको छ । छुट भएका किसानका लागि आगामी बर्षको कार्यक्रममा समेटिने अधिकारीले बताए । उनका अनुसार वडा कार्यालयमा आवेदन दिएका मध्ये छनोटमा परी अनुदानमा भैसी प्राप्त गर्ने किसानले २० प्रतिशत रकम लगानी गर्नुपर्नेछ भने बाँकी रकम नगरपालिकाले ब्योहोरेको छ । यसमा बिमाको रकमसमेत समावेश हुने अधिकारीले जानकारी दिएका छन् ।


नमोबुद्ध नगरपालिकाले भैसी वितरण कार्यक्रमका लागि नगरपालिकाबाट २१ लाख ३३ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ भने संघीय सरकारबाट पनि २१ लाख ३३ हजार रुपैयाँ प्राप्त गरेको छ । यस्तै प्रदेश सरकारबाट १२ लाख ५० हजार रुपैयाँ प्राप्त गरेको छ । चालु आर्थिक बर्षमा वडा नं। १० का लागि ५५, ९ मा ४०, ८ मा २५, ११ मा २० र १ मा १५ जना गरी १ सय ५५ जना किसानलाई १ सय ५५ वटा उन्नत जातका भैसी वितरण गरिनेछ । नगरपालिकाले डेढ बर्ष उमेर पुगेका मुर्रा जातका भैसी वितरण गरेको पशु शाखा प्रमुख चिरञ्जिवी शर्माले जानकारी दिएका छन् । उनका अनुसार भैसी वितरण कार्यक्रमपछि आगामी बर्ष भैसीलाई सुत्केरी भत्ताको व्यवस्थासमेत गरिनेछ ।
नमोबुद्ध नगरपालिकाले चालु आर्थिक बर्षबाटै अभियानकै रुपमा पशुबिमा कार्यक्रमसमेत सुरु गरिसकेको छ । अहिलेसम्म वडा नं। १० मा ४ सय भन्दा बढी पशुको बिमा गरिसकिएको छ भने अहिले वडा नं। ९ मा अभियान सञ्चालन भइरहेको छ । चालु आर्थिक बर्षमै वडा नं। ४ र ५ मा १ सय २५ वटा बाख्रा वितरणको कार्यसमेत गरिँदैछ । यसका लागि टेण्डर आह्वान भई खरिद प्रक्रिया सुरु भइसकेको नगरपालिकाले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी