दक्षिण अफ्रीकामा एक महिलाले १० वटा बच्चा एकै पटक जन्माएकी छन् । यो विश्वकै दुर्लभ रेकर्ड हो । यस अघि मालीकी एक महिलाले ९ बच्चा जन्माएको रेकर्ड थियो । गेसिअमे थमारा सितो नामकी ३७ वर्षे महिलाले जन्माएको १० बच्चा मध्य सात छोरा र तीन छोरी रहेका छन् ।
प्रिटोरीयाको एक अस्पतालमा सिजेरियन विधिबाट बच्चा जन्माईएको बताईएको छ । यस अघि ६ वर्ष अघि पनि ती महिलाले जुम्ल्याहा सन्तान जन्माएकी थिईन् ।
शुरुमा डाक्टरले ६ वटा बच्चा पेटमा चलिरहेको भनेका थिए । त्यसपछि ८ वटा छ भनिएको थियो । तर अन्ततः जन्मदा १० वटा बच्चा निस्किएको सितोलेका पति टेबोगोले बताए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline