५० मुरी धान फलाउने किसानलाई रु ४२ हजार ५०० !

५० मुरी धान फलाउने किसानलाई रु ४२ हजार ५०० !

  • शनिबार, जेष्ठ २२, २०७८
  • –सन्तोष पुर्कुटी,

  • 9.7K
    SHARES

ताप्लेजुङ । कृषि उत्पादन वृद्धि गर्न किसानलाई गाउँपालिकाले कसरी प्रोत्साहन गर्नुपर्छ भन्ने उदाहरण यहाँको मिक्वाखोला गाउँपालिकाले प्रस्तुत गरेको छ । गाउँपालिकाले ५० मुरी भन्दा बढी धान फलाउने सात किसानलाई प्रोत्साहन रकम वापत रु ४२ हजार ५०० उपलब्ध गराउने निर्णय गर्दै उनीहरुलाई कृषि कर्ममा थप हौसला भरेको हो ।

गाउँपालिकालाई खाद्यान्नमा आत्मनिर्भर बनाउन र किसानलाई थप प्रोत्साहन गर्न सो नवीनतम योजनालाई कार्यान्वयन गरिएको जनाइएको छ । पहिलोचरणमा वडा नम्बर १, २ र ३ का सात किसानलाई सो रकम प्रदान गर्ने तयारी गाउँपालिकाले गरेको छ । प्रोत्साहन पाउनेमा वडा नम्बर १ का देवीमाया श्रेष्ठ, ज्ञानबहादुर लिम्बू, ङिमादावा शेर्पा, निमतेम्बा शेपा, वडा नं २ का रबिन्द्र वनेम र वडा नं ३ का ङिमावाङ्दी शेर्पा र होमनाथ गौतम रहेका गाउँपालिकाका प्रवक्ता थर्ककुमार चोङ्वाङले जानकारी दिनुभयो ।

उहाँका अनुसार देवीमाया र ङिमादावाले ७०÷७० , ज्ञानबहादुरले ६३, ङिमातेम्बाले ६५, रबिन्द्रले ९५, ङीमावाङ्दीले ५८ र होमनाथले ६० मुरी धान उत्पादन गरेको तथ्याङ्क छ । उनीहरुलाई सो रकम शीध्र उपलब्ध गराइने प्रवक्ता चोङ्वाङले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी