यस वर्ष १ अर्ब ६१ करोड रुपैयाँभन्दा बढीको धानको बीउ आयात

यस वर्ष १ अर्ब ६१ करोड रुपैयाँभन्दा बढीको धानको बीउ आयात

  • शनिबार, जेष्ठ २२, २०७८
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

२२ जेष्ठ, काठमाडौं । यस वर्ष नेपालमा रोपाइँका लागि १ अर्ब ६१ करोड रुपैयाँभन्दा बढीको धानको बीउ आयात भएको छ ।

भारत र चीनबाट विभिन्न किसिमका हाइब्रिड (वर्णसंकर) जातका धानका बीउहरू आयात गरिएको बीउ आयातकर्ता कम्पनीहरूले बताएका छन् ।

बीउबिजन गुणस्तर नियन्त्रण केन्द्रका अनुसार २४ आयातकर्ता कम्पनीहरूले यस वर्षका लागि आवश्यक पर्ने १ अर्ब ६१ करोड १८ लाख ९८ हजार रुपैयाँको ४ हजार १ सय ४९ मेट्रिक टन धानको बीउ आयात गरेका हुन् ।

आयात गरिएकामध्ये ३९ वटा जातका बीउ भारत र बाँकी सातवटा जात चीनबाट आयात भएको केन्द्रले जानकारी दिएको छ ।

आयातका लागि कम्पनीहरूले स्वीकृति लिने तथा धानको बीउ आयात हुने क्रम जारी रहेको बताइएको छ ।

नेपालमा धानखेती हुने १३ लाख ५० हजार हेक्टर जमिनका लागि वार्षिक करीब ७० हजार मेट्रिक टन धानको बीउ आवश्यक हुन्छ । यसमा निजी बीउ उत्पादक कम्पनी तथा व्यवसायीहरूले ठूलो अंशा ओगटेका छन् ।

नेपाली बीउ उत्पादक कम्पनीहरूले वार्षिक १० हजार मेट्रिक टन धानको बीउ उत्पादन गर्ने गरेको तथ्यांक छ । कतिपय किसानले आफ्नै स्थानीय बीउ पनि प्रयोग गर्ने गर्दछन् । जसका लागी उनीहरु आफैले धानको बीउ जोहो गरेर राख्ने गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी