नमोबुद्ध ५ का किसानलाई मिनिटेलर वितरण

नमोबुद्ध ५ का किसानलाई मिनिटेलर वितरण

  • शनिबार, जेष्ठ ८, २०७८
  • मिर्मिरे अनलाइन

  • 11.8K
    SHARES

कानपुर, ८ वैशाख । नमोबुद्ध नगरपालिका वडा नं.५ कानपुरका कृषकलाई मिनिटेलर वितरण गरिएको छ ।
नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलको उपस्थितिमा शुक्रबार वडा नं. ५ कानपुरका किसानलाई मिनिटेलर वितरण गरिएको हो । खेतीपातीको मौसमलाई मध्यनजर गर्दै नगरपालिकाको ५० प्रतिशत अनुदानमा कृषि कार्यक्रम अन्तर्गत ३२ ओटा मिनिटेलर वितरण गरिएको थियो ।
मिनिटेलर वितरण गर्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले कृषकहरुलाई कृषि औजार वितरण गर्ने क्रममा राज्यद्वारा अनुदान स्वरुप दिएको सामाग्री लक्षित वर्गका हातमा पर्नुपर्नेमा जोड दिए । राज्यले दिएको सम्पत्ति किसानहरुले सही सदुपयोग गरेमा आगामी दिनहरुमा पनि यस्तै खालका सहयोग गर्न सहज हुने उनले बताए । कोरोना महामारीको समयमा पनि स्वास्थ्य मापदण्ड अपनाएर किसानलाई मिनिटेलर वितरण गरिएको नमोबुद्ध ५ का वडाध्यक्ष बुद्ध सिं तामाङले बताएका छन् । अहिले नगरपालिका भित्र निषेधाज्ञा जारी रहेको अवस्थामा पनि किसानले समयमै कृषि यन्त्र पाउन नसके त्यसको अर्थ नहुने भएकाले विषम परिस्थितिमा पनि स्वास्थ्य मापदण्ड पालना गरेर मिनिटेलर वितरण गरिएको तामाङले जानकारी दिए ।
खेतीपातीकै समयमा कृषि औजार पाएकोमा खुशी व्यक्त गर्दै स्थानीय कृषकहरुले आगामी बर्षहरुमा पनि यसै गरी अन्य कृषि सामग्रीहरु लगायत बिउ बिजनहरुको समेत वितरण गर्न वडा नगरलाई आग्रह गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी