आपसी झगडाका कारण १०१ किलो तौल भएकी श्रीमतिले श्रीमान्को अनुहारमा बस्दा गयो ज्यान

आपसी झगडाका कारण १०१ किलो तौल भएकी श्रीमतिले श्रीमान्को अनुहारमा बस्दा गयो ज्यान

  • बिहिबार, जेष्ठ ६, २०७८
  • मिर्मिरे अनलाइन

  • 16.8K
    SHARES

जेष्ठ ६ एजेन्सी । रुसको साईबेरीयामा एक अनौठो घटना भएको छ । एक सय १ किलो तौल भएकी श्रीमतिले आफ्नै श्रीमान्को अनुहारमा बस्दा श्रीमानको ज्यानै गएको छ । श्रीमान् श्रीमतीबीच लामो समयदेखि झगडा हुँदै आएको थियो । त्यस क्रममा उनीहरुले अदालतमा सम्बन्ध बिच्छेदको मुद्धा समेत दायर गरेका थिए ।
त्यही बेलमा घरमा बृद्धहरुले सम्झाई बुझाई गरेपछि दुबै जनाबीच बहस भयो । श्रीमतीले माफी माग भन्दै श्रीमानको अनुहारमा बसे पछि सास फेर्न नसकेर उनको मृत्यु भएको समाचारमा उल्लेख छ ।
पत्नीको नाम टाटियाना र पतिको नाम एडार भएको बताईएको छ ।
समाचार अनुसार टाटियानाले माफी मगाउन आफूले आग्रह गर्दा एडारले नमानेपछि झगडा परेको बताएकी छन् । श्रीमान्ले सास फेर्न सकिन भन्दै भने पनि टाटियानाले नसुने पछि उनको ज्यानै गयो । उनले आफ्नो पति मर्ला भन्ने अनुमान आफूलाई नभएको बताएकी छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी