सहकारीलाई पूर्ण डिजिटलाइजेशन गर्नमा कानूनि अड्चन

सहकारीलाई पूर्ण डिजिटलाइजेशन गर्नमा कानूनि अड्चन

  • बुधबार, बैशाख २९, २०७८
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

काठमाडौं बैशाख २९ । सहकारी क्षेत्रका अगुवाहरुले हालको ऐन कानुन सहकारी मैत्री हुन नसकेको बताएका छन् । मिडिया इन्टरनेसनलले बुधबार आयोजना गरेको वेबीनार कार्यक्रममा उनीहरुले ससानो पुँजी परिचालन हुनेहुँदा सहकारी क्षेत्रलाई आगामी बजेटले पनि सम्बोधन गर्ने अपेक्षा गरे ।
कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले आगामी वर्षको नीति, कार्यक्रम र बजेट सहकारीमैत्री हुनुपर्ने बताउनुभयो ।
अध्यक्ष कँडेलले आगामी वर्षको नीति, बजेट र कार्यक्रममा राख्नुपर्ने विषयलाई सहकारीको तर्फबाट आफुहरुले मागपत्रहरु पेश गरिसकेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘हाम्रो क्षेत्रबाट अर्थमन्त्री, भूमीव्यवस्था सहकारी, गरिबी निवारण मन्त्री, सचिव र रजिष्टारहरु समक्ष आफ्ना मागपत्रहरु पेश गरिसकेका छौं । सहकारी क्षेत्रलाई डिजिटलाइजेशन गर्नका लागि भरपुर प्रयासहरु भइरहेको पनि उहाँले उल्लेख गर्नुभयो । तर केही कानुनी समस्याका कारण सहकारी क्षेत्र पछाडि परेको उहाँको भनाई छ । उहाँले सहकारीलाई क्लिरिङ हाउस तथा नेश्ननल पेमेन्ट गेट वे सिस्टम देखि फोन ट्रान्सफर, एटिएम लगायतमा जोड्ने प्रयास भइरहेको उल्लेख गर्नुभयो ।

अध्यक्ष कँडेलले सहकारीलाई पुरै प्रविधिमैत्री बनाउनुपर्छ भनेर आह्वान पनि गरिएको बताउनुभयो । सहकारीहरु हिजोदेखि नै कम्प्युटरजाइजेशन गर्दै सफ्टवयरको माध्यमबाट विभिन्न खालका सेवाहरु अहिले पनि दिँदै आएको उहाँको भनाइ छ ।
कोभिड–१९ का कारण वित्तीय क्षेत्रमा डिजिटलाइजेशनको महत्वलाई झनै बढाएको अध्यक्ष कँडेलले बताउनुभयो ।
उहाँले सहकारी अभियानलाई डिजिटलाइजेशनतर्फ जानुको विकल्प नभएको पनि बताउनुभयो । उहाँले वित्तीय क्षेत्रलाई प्रविधिमैत्री बनाउन सरकारले आवश्यक सहयोग गर्नुपर्ने बताउनुभयो । संघीय ऐन कानून सहकारी मैत्री नभएको उहाँको भनाईै छ ।

कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संस्थाका अध्यक्ष परितोष तौड्यालले कोर बैंकिङ सिस्टमभित्र डिजिटल बैंकिङका सबै विषयलाई राखेर नेफ्सकुनभित्र नयाँ टेक्नोजोटिको शुरुवात गरिएको बताउनुभयो सबै किसिमका एकाउन्टिङ सफ्टवेयरले एक आपसमा अन्तरसहकारी कोरोबार भुक्तानी गर्न सक्ने विधि बनाएको उहाँले बताउनुभयो ।
उहाँले नेफ्सकुनले एपिआइ कनेक्ट नेपाल भरिका सहकारीलाई दिने तयारी गरेको पनि बताउनुभयो । सहकारीलाई पूर्ण डिजिटलाइजेशन गर्नका लागि आफूहरु सक्रिय रुपमा लागेको उहााको भनाई छ ।

सोही कार्यक्रममा नेशनल कोअपरेटर्स एलायन्सका सहअध्यक्ष गोविन्द शर्मा पौडेलले डिजिटलाइजेशनमा बैंक वित्तिय संस्थाले धेरैनै फड्को मारेको भएपनि सहकारी क्षेत्र केही पछि परेको उल्लेख गर्नुभयो । उहाँले राष्ट्रिय सहकारी महासंघको नेतृत्वमा कानूनि अड्चनहरुलाई समाधान गर्न मुख्य पहल गरिनुपर्नेमा जोड दिनुभयो । उहाँले नेपाल सरकारका ऐन कानूनले सहकारीलाई रोकेको भन्दै यस्ता ऐन कानूनलाई सुधार गरेर लैजानुपर्ने बताउनुभयो । सहकारी क्षेत्रमा सबैलाई आर्कषण गर्न डिजिटलाइजेशनको महत्वपूर्ण भूमिका रहने उहाँको भनाइ छ । कार्यक्रममा आयोजक संस्था मिडिया इन्टरनेसनलका अध्यक्ष माधव निर्दोष तथा सहकारी कर्मीहरु हरीप्रसाद पाण्डे र जनार्जन सापकोटाले सहकारीहरुले डिजिटल सेवामा गति लिनुपर्नेमा जोड दिएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी