कृषि क्षेत्रको विकासमा सञ्चार जगतको भूमिका महत्वपूर्णः सचिव कार्की

कृषि क्षेत्रको विकासमा सञ्चार जगतको भूमिका महत्वपूर्णः सचिव कार्की

  • सोमवार, बैशाख २०, २०७८
  • मिर्मिरे अनलाइन

  • 12.5K
    SHARES

काठमाडौं, वैशाख २० गते । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा.योगेन्द्र कुमार कार्कीले कृषि क्षेत्रको समग्र विकासमा सञ्चार जगतको महत्वपूर्ण भूमिका रहेको बताउनु भएको छ ।
एसोसिएशन अफ नेपाली एग्रीकल्चरल जर्नलिस्टस् (अनाज) ले आज आगामी कृषि बजेटका कृषि मन्त्रालयमा प्रस्तुत गरेको सुझाव ग्रहण गर्दै उहाँले सो कुरा बताउनु भएको हो । अनाजले आगामी वर्ष ०७८÷७९ को नीति तथा कार्यक्रम र कृषि बजेटमा पत्रकारको सेवा, सुविधा, वृद्धि लगायतका बिषयमा सुझाव दिएको छ ।
सो अवसरमा सचिव डा.कार्कीले कृषि मन्त्रालयले पत्रकारहरुसँग हातेमालो गरेर अगाडि बढ्न तयार रहेको बताउनु भयो ।
कृषि सञ्चार प्रवद्र्धनका लागि मन्त्रालयले यो वर्ष वजेटमा विशेष व्यवस्था गर्न लागेको उहाँले जानकारी दिनु भयो ।
अनाजका अध्यक्ष सुरेष कुमार यादवले सचिव कार्की मार्फत मन्त्रालयमा सो सुझाव बुझाएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी