‘गिट्टी कुटेको ज्याला पाऔँ ’

‘गिट्टी कुटेको ज्याला पाऔँ ’

  • मङ्लबार, बैशाख १४, २०७८
  • रमेश केसी

  • 6.8K
    SHARES

बझाङ, १४ वैशाख ।  जयपृथ्वी नगरपालिका–१ घर भएकी अवगती सिंह उमेरले ५५ वर्ष पुगिन् । उनको श्रीमान्को २०७६ साल जेष्ठ महिनामा मृत्यु भएको थियो । घरमा एक छोरी र आपूm मात्र बस्ने गरेकी अगवतीको घरमा पैसा आउने सबै बाटो वन्दहुँदा श्रीमान् बितेको तीन महिनामै बरखी बसेकै अवस्थामा सेतो कपडा लगाएर एक छाक खाएर भएपनी गिट्टी कुट्न माध्य भइन् । गिट्टी कुटेकै पैसा एक वर्षभन्दा बढी समय बितेपनि गिट्टीको पैसा नपाएपछि भोकै दुई घन्टा पैदल हिडेर ठेकदारलाई पैसा माग्न चैनपुर पुगेको गुनासो सुनाउछिन् ।

उनले भनिन् “उनले भनिन गाउँमै आएर दिन्छु भन्थे । सदरमुकाम आएर पनी ठेकदारले फोन उठाउनै छोडेको छ । दुःख गरेर फुटाएका गिट्टीको पैसा कहिले देलान र पाउने ? २०७६ सालमा जयपृथ्वी नगरपालिका–१ को वडाकार्यालय कैलासमा लाग्ने भनेपछि एक घन्टा टाढाबाट ढुङ्गा बोकेर गिट्टि फुटायौँ । के गर्नु खाउँ भन्या गडा (खेत)मा तुल (अन्न) छैन । पानी आएइन गहुँ निका भयाइन । सबै गडा (खेत) गरी एक सुप्पो जौ भयाइन ।” कलसरादेवी सिंहले पनि उस्तै पीडा पोखिन “वडा कार्यालय वनाउन्या ठाउँ कति पुग्यौ कति कहिलै भेटाएनौ । आज ठेकदारलाई पैसा माग्न घरमा ताल्चा लगाएर आएका छाँै ।” त्यसैमा बेलादेवी सिंहले पनी निराश हँुदै भनिन् “एक वर्षको छोरा पिठिउमा बोकेर पुस महिनामो ठन्डी (चिसो)मा सिलि ढुङ्गा फुटाउदाको झाल हातमा ठाडो लागेर रोइ नसक्नु हुन्थे । हात फदा फुदै छोराछोरीलाई नयाँ कपडा, स्कुलको पैसा तीर्न त होला भनेर कुट्यौ । लोग्ने घरमा छैनन् । छोराछोरीको टिउसन पढेको पैसा तीर्नलाई छैन । पेट क्याले पाल्ने हो । पैसा पाया बजारबाट दाल, चामल किनि घर जान्थ्यौ । दाल, चामल, नुन, तेल पनी अरुबाट जोहो गर्नुपरेको छ ।”

उनी लगायत आठ मजदूर महिलाले आफूकोे गिट्टीको छिटो छरितो पैसा दिलाउनसमेत निवेदन गरेकी छन् । काम गरेबाफत सबै गरी करिब रु दुई लाख ७० हजार पाउनुपर्ने बताएकी छन् । आज नै जयपृथ्वी नगरपालिका उपमेयर तथा न्यायिक समिति संयोजक जुना जाग्री र इन्सेक प्रतिनिधिसँग समेत महिलाले मौखिक उजुरीसमेत गरेकी छन् । जाग्रीले न्यायिक समितिमा आयपछि गिट्टीको पाउनुपर्ने पैसा सोधपुछ गरेर निसाफ गर्ने बताइन् ।
जयपृथ्वी नगरपालिका–१ का वडाअध्यक्ष गगनबहादुर सिंहले निर्माण कम्पनीले गिट्टीको पैसा दिन के कति कारणले ढिलाइ गरेको हो । छिटो दिलाउनका लागि पहल गर्ने र मजदूर महिला आएर आफूलाई गुनासोसमेत गरेको बताएका छन् । ठेकेदार नबराज जाग्रीले आफूले गाउँकै स्थानीयबाट गिट्टी लिएको र यसै स्थानीयलाई गिट्टीको रु दुई लाख ५० हजार रकम भुक्तानी गरिसकेको र अहिले महिलाले ठेक्दारबाटै पैसा लग्छु भनेर भन्ने गरेको बताएका छन् ।

नेपाली हाते कागज वनाउने तालिम

घरेलु तथा साना उद्योग विकास कार्यालयले नेपाली कागज वनाउने तालिम दिएको छ । मष्टा गाउँपालिका–७ दयमा सात दिने जापानिज प्रविधिमा आधारित नेपाली कागज वनाउने तालिम दिएको हो । मष्टा–७ का स्थानीय ईश्वर बोहराले घरेलु कार्यालयजस्तै स्थानीयले पनि गाउँमा सानो उद्योग सञ्चालन गरी स्थानीय तहमै युवालाई रोजगारीको सृजना गरी स्थानीयतहलाई आर्थिकरुपमा बलियो वनाउनुपर्ने बताउनुभयो । साथै नेपाली कागज वनाउनका लागि आफ्नो वनजङ्गलमा प्रयाप्तरुपमा लोक्ता रहेको उहाँले जानकारी दिनुभयो ।

घरेलु कार्यालयले गाउँमै उद्योग स्थापनाका लागि उद्यमी सिर्जना गरी स्वरोजगार गर्न जिल्लाका दूरदराज तथा सम्भावना भएको स्थानमा मागमा आधारित विभिन्न सीपमूलक तालिम दिँदै आएको छ । साथै पुराना उद्योगको स्तरोन्नति गर्न जिल्लामा चार नेपाली हाते कागज उद्योगबाट नेपाली कागज गुणस्तर युक्त तथा कम लागतमा उत्पादन गर्न जापानिज प्रविधिमा आधारित तालिमको आयोजना गरेको कार्यालयका उद्योग अधिकृत खडक बोहराले जानकारी दिनुभयो ।

उत्पादनमुलक र रोजगारी दिने खालका उद्यमलाई घरेलु कार्यालयले मात्र नभइ अन्य सरोकारवाला निकायले पनि ध्यान दिन आग्रह गरेका छन् । गाउँमा पाइने कच्चापदार्थ खेर जान नदिन कार्यालयले ध्यान दिएको वरिष्ठ उद्यम विकास सहजकर्ता दशरथ जप्रेलले बताउनुभयो । जिल्लामा पूराना नेपाली हाते कागज उद्योग केही वर्षदेखि बन्द अवस्थामा रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी