नमोबुद्ध १० मा पशुबीमा सुरु

नमोबुद्ध १० मा पशुबीमा सुरु

  • आइतवार, बैशाख १२, २०७८
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

दाप्चा–नमोबुद्ध नगरपालिका वडा नं १० मा पशुबीमा कार्यक्रम सुरु भएको छ ।
आइतबार स्थानीय मनोहर कृष्ण श्रेष्ठको भैसीको बीमा गर्दै पशुबीमा कार्यक्रम सुरु गरिएको हो । नमोबुद्ध नगरपालिका पशु सेवा शाखाका प्राविधिकले बिमाको टाँचा लगाइदिएपछि नगर उपप्रमुख रामदेवी तामाङ, प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल, र नमोबुद्ध १० का वडाअध्यक्ष रामकृष्ण अधकारीले श्रेष्ठलाई बिमालेख हस्तान्तण गरेर कार्यक्रम सुरु गरेका थिए ।
नमोबुद्ध नगरपालिका वडा नं। १० का सबै गाइभैसीको यही आर्थिक बर्षभित्रमै बीमा गर्ने लक्ष्य राखिएको छ । त्यसका लागि वडा कार्यालयले ४ लाख पैयाँ बजेट विनियोजन गरेको छ । ६ सय ७२ घरधुरी रहेको उक्त वडामा ८ सयको हाराहारीमा गाइभैसीको बीमा गर्ने लक्ष्य राखिएको वडाअध्यक्ष रामकृष्ण अधिकारीले जानकारी दिएका छन् ।
सरकारले किसानलाई सहुलियत दिने उद्देश्यले बीमाको प्रिमियम रकममा ७५ प्रतिशत छुट दिएको छ भने बाँकी २५ प्रतिशतमात्रै किसानले तिरे पुग्ने व्यवस्था गरिएको छ । त्यसमा पनि किसानले २५ प्रतिशतको आधामात्रै रकम तिरे पुग्ने र बाँकी रकम वडा कार्यालयको तर्फबाट बेहोर्ने वडाअध्यक्ष अधिकारीले बताए । अधिकारीका अनुसार तत्कालिन पुरानागाउँ गाविस रहेको वडा नं। १० मा २०५६ सालदेखि नै सामुदायिक पशुबीमा कार्यक्रम सुरु गरिएको थियो । तर, बीचमा विविध कारणबस त्यसलाई निरन्तरता दिन नसकिएको र अब भने बीमा कार्यक्रमलाई बर्षेनी निरन्तररुपमा अघि बढाउने अधिकारीले बताए ।
नमोबुद्ध नगरपालिकाले गत बर्ष किसानलाई वितरण गरिएको ११ वटा बोयर जातका बोकाको बीमा गरेको थियो । यो आर्थिक बर्षबाट नगरका सबै वडामा गाइभैसीको बीमा गर्ने अभियान थालिएको नगरपालिकाको पशु सेवा शाखाका प्रमुख चिरञ्जिवी शर्माले जानकारी दिए । शर्माका अनुसार तत्कालै वडा नं। ९ र १० मा यो कार्यक्रम अघि बढाइनेछ भने क्रमश सबै वडामा बीमा कार्यक्रम लागु गरिनेछ । बीमा रकममा सहुलियतका लागि आवश्यक बजेटको व्यवस्थापनसमेत गरिएको शर्माले जानकारी दिए ।
पशुबीमा कार्यक्रम सुरु गर्नुअघि आइतबार नै वडा नं। १० को कार्यालयमा यसबार अन्तरक्रिया कार्यक्रम गर्दै पशुपालक किसानलाई पशुबीमाको विषयमा अभिमुखीकरण गरिएको थियो । नगरपालिका उपप्रमुख रामदेवी तामाङको प्रमुख आतिथ्यता तथा वडाअध्यक्ष रामकृष्ण अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र काभ्रेका प्रमुख डा। मोगल प्रसाद शाह, नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल तथा पनौती नगरपालिका कृषि तथा पशुपन्छी शाखाका प्रमुख मणिप्रसाद सापकोटाले पशुबीमासम्वन्धी व्यवस्था, नेपालमा पशुबीमाको अभ्यास, यसका प्रक्रिया, यसबाट हुने फाइदाका विषयमा जानकारी दिएका थिए । उनीहरुले पशुधनको सुरक्षाका लागि पशुबीमा कार्यक्रम ल्याइएको र सरकारले यसमा सहुलियतसमेत दिएकाले आफूले पालेका पशुको अनिवार्य बीमा गर्न किसानहरुलाई आग्रह गरेका थिए ।
नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले यस बर्ष सीमित बजेटमा यो कार्यक्रम सुरु गरिएको र यसको प्रभावकारिता हेरेर आगामी बर्ष थप बजेट व्यवस्थापन गर्ने जानकारी दिए । यसैबर्ष नगरपालिकाले किसानलाई भैसी वितरणको कार्यक्रमसमेत सुरु गर्ने तयारी अघि बढाइसकेको पौडेलले जानकारी दिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी