इलाममा बन्नेभयो दुई करोडको आधुनिक कृषि बजार, कृषिमन्त्री रानाद्धारा शिलान्यास

इलाममा बन्नेभयो दुई करोडको आधुनिक कृषि बजार, कृषिमन्त्री रानाद्धारा शिलान्यास

  • सोमवार, चैत्र १६, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.9K
    SHARES

चैत १६, इलाम। इलामको सिंहवाहिन खोस्लीमा आधुनिक कृषि बजार बन्ने भएको छ । एक करोड ९९ लाख रुपैयाँको लागतमा निर्माण हुने सब्जी तथा तथा पशुबजारको सोमबार भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री राम रानाले शिलान्यास गरेका छन् ।

कृषिलाई व्यावसायिकरण गर्दै लैजाने उदेश्यले ईलाम नगरपालीकाले वडा नं ७ स्थित खोस्लीमा कृषि वजार निर्माण गर्न लागेको हो । फलामको ट्रष्ट प्रयोग गरेर बनाइने भवनको छाना टीनको लगाइने र एक तलामा सब्जी तथा अर्को तलामा पशुहाट लगाइने नगरपालिकाले जनाएको छ ।
इलाम नगरपालिकाका नगरप्रमुख महेश बस्नेतले स्थानीय स्तरमा उत्पादिन तरकारी तथा फलफुललाई बजारीकरण तथा आधुनिक रुपमा कृषि उत्पादन तथा स्थानीयतहमा नै बजारीकरणलई व्यावस्थीत बनाउने उदेश्यले कृषि भवन निर्माण गर्न लागिएको बताए ।

स्वास्थ्यका दृष्टिकोणले पनि व्यवस्थित बजार आवश्यक देखिएकाले नगरपालीकाकै पहलमा भवन निर्माण हुन लागेको नगरप्रमुख बस्नेतको भनाई छ ।

नगरप्रमुख महेश बस्नेतको अध्यक्षतामा सम्पन्न शिलान्यास कार्यक्रममा मन्त्री रानासहित सूर्योदय नगरपालिकाकी उपप्रमुख दुर्गा भट्टराई र नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सटेन्द्र जबेगूले शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कालीबहादुर भूजेलले स्वागत मन्तब्य राखेका थिए भने कार्यक्रममा वडाध्यक्ष तथा स्थानीयबासीहरुको बाक्लो उपस्थित थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी