ट्वीटरका संस्थापक डोर्सीको पहिलो ट्वीट लिलामीमा

ट्वीटरका संस्थापक डोर्सीको पहिलो ट्वीट लिलामीमा

  • आइतवार, फाल्गुन २३, २०७७
  • मिर्मिरे अनलाइन

  • 32.1K
    SHARES

सानफ्रान्सिस्को, २३ फागुन । विश्वप्रसिद्ध सामाजिक सञ्जाल ट्वीटरका संस्थापक ज्याक डोर्सीले आफूले गरेको पहिलो ट्वीट बिक्रीका लागि लिलामीमा राख्नु भएको छ । उहाँको त्यो पहिलो ट्वीटलाई शनिबार २५ लाख डलरमा लिलामीमा स्वीकार गर्न प्रस्ताव प्रस्तुत भएको थियो ।
डोर्सीले बिक्री गर्न खोजेको उक्त ट्वीटलाई ब्लकचेन टेक्नोलोजी मार्फत भर्चुअल वस्तुका रुपमा बिक्री गरिने छ ।
सन् २००६ मार्च २१ मा डोर्सीले “जस्ट सेटिङ अप माई ट्वीटर” अर्थात् “भर्खरै मैले ट्वीटर खाता खोलें,” घोषणा गर्नु भएको थियो ।
गत शुक्रबार डोर्सीले ट्वीटका लागि स्थापित अनलाइन बजार “भ्यालुएबल्स एट सेन्ट” मा एउटा लिंक राख्नु भएको थियो । यहाँबाट लगानीकर्ता वा संग्रहकर्ताले आफ्ना ट्वीटहरु किनबेच गर्न पाउँछन् ।
शनिबार डोर्सीका ट्वीट खरिद गर्न दुई व्यक्तिबीच प्रतिस्पर्धा चलेको थियो । ट्रोन नामको ब्लकचेन प्लेटफर्मका संस्थापक जस्टिन सनले २० लाख डलरमा डोर्सीको ट्वीट खरिद गर्न इच्छा देखाउनु भएको थियो । तर ब्रिज ओराकलका प्रमुख कार्यकारी सिना एस्टाभीले सोही ट्वीट २५ लाख डलरमा खरिद गर्ने घोषणा गर्नु भएको थियो ।
डोर्सीको उक्त ट्वीट डोर्सी र ट्वीटरले अनलाइनबाट नहटाउँदासम्म सबैले अनलाइनमा देख्न पाउने छन् ।
आजभोलि महत्वपूर्ण क्षणका घटनाक्रमलाई “नन–फंगिबल टोकेन ९एनएफटी०” मार्फत सुरक्षित गरी बेच्न सकिने बनाइएको छ । गत महिना अमेरिकी बास्केटबल खेलाडी लिब्रोन जेम्सको एउटा क्षण ९टप सट०को भिडियोले २ लाख ८ हजार डलर कमाउन सफल भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी