कुखुराको भालेले मार्यो आफ्नै मालिक, प्रहरीले भालेलाई अदालतमा पेश गर्ने !

कुखुराको भालेले मार्यो आफ्नै मालिक, प्रहरीले भालेलाई अदालतमा पेश गर्ने !

  • आइतवार, फाल्गुन १६, २०७७
  • मिर्मिरे अनलाइन

  • 45.6K
    SHARES

एजेन्सी फागुण १६ । भारतको तेलंगनामा कुखुराको भालेले संघर्षका कममा आफ्नै मालिकलाई मारिदिएको छ । विविसीका अनुसार भाले जुधाई प्रतियोगीताका लागि मालिकले कुखुराको खुट्टामा ३ ईन्च लामो धारिलो चक्कु बाँधिदिएका थिए । भाले जुधाईका लागि लानलाई सो भालेलाई समात्ने क्रममा कुखुरा भाग्ने क्रममा भालेको खुट्टामा भएको चक्कुले लागेर घाईते भएका मालिकको उपचारको क्रममा मृत्यु भयो ।
भारतीय प्रहरीले सो भालेलाई नियन्त्रणमा लिएर एउटा फर्ममा राखेको छ । साथै भाले जुधाईको अवैध लँडाईको आयोजना गर्ने, सट्टेबाजी गर्ने १५ जनाको खोजी गरीरहेको जनाएको छ ।
तेलंगनाको लोतुनुर गाँउको यो घटना भएको बताईएको छ । अधिकारीहरुका अनुसार सो भालेलाई मालिकको मृत्युका सम्बन्धमा केही दिनमा अदालतमा पेश गर्ने तयारी भएको छ ।
भाले जुधाई प्रतियोगीता भारतमा सन् १९६० देखि नै प्रतिवन्ध गरिएको थियो । आम रुपले मकर संक्रान्तिको समयमा भाले जुधाई प्रतियोगीता आयोजना गर्ने गरीन्छ ।
कुखुराको भालेले आफ्नै मालिक मारेको भारतमा यो नै पहिलो घटना भने हैन, यस अघि पनि आन्ध्र प्रदेशमा कुखुराको खुट्टामा बाँधिएको चक्कुले गर्दनमा लाग्दा मालिकको ज्यान गएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी