शारीरिक सम्बन्ध राख्नु २४ घण्टाअघि प्रहरी र सम्बन्धित महिलालाई जानकारी दिन बेलायती अदालतको आदेश

शारीरिक सम्बन्ध राख्नु २४ घण्टाअघि प्रहरी र सम्बन्धित महिलालाई जानकारी दिन बेलायती अदालतको आदेश

  • बुधबार, माघ १४, २०७७
  • मिर्मिरे अनलाइन

  • 19.1K
    SHARES

एजेन्सी, १४ माघ । ३९ वर्षीय युवक डीन डायरमाथि शारीरिक सम्बन्ध राख्नुभन्दा २४ घण्टाअघि प्रहरी र सम्बन्ध राख्ने महिलालाई जानकारी दिन बेलायतको एक अदालतले आदेश दिएको छ । १४ वर्षीया बालिकासँग शारीरिक सम्बन्ध राख्ने कोसिस गरेको सहित अन्य सातवटा यौन अपराधको आरोप लागेका ती युवालाई मअत्यावश्यक कामबाहेक डायरलाई महिलासँग बोल्न पनि प्रतिबन्ध लगाएको छ ।

एक पार्टीमा महिलालाई गलत तरिकाले छोएको र प्रतिकार गर्दा बलात्कार गर्ने धम्की दिएको आरोप पनि उनीमाथि लागेको छ । विभिन्न यौन अपराधका आरोप लागे पनि अहिलेसम्म कुनै पनि आरोप पुष्टि भएको छैन ।

अदालतले युवकका विरुद्ध परेका विभिन्न आरोपहरू हेरेपछि उनलाई ‘सेक्सुअल रिस्ट्रेन्ट अर्डर’ थमाइदिएको डेलिमेलको रिपोर्टले जनाएको छ । बेलायतमा ‘सेक्सुअल रिस्ट्रेन्ट अर्डर’ एक फौजदारी आदेश हो । दोषी सावित नभएको तर उक्त व्यक्तिबाट समाजलाई खतरा हुने सम्भावना रहेको अवस्थामा बेलायतमा यस्तो आदेशको प्रयोग गरिन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी