विज्ञान, प्रविधिको प्रवद्र्धनका लागि काठमाडौँ महानगरपालिकाका २५ सामूदायिक विद्यालयमा आविष्कार क्लब

विज्ञान, प्रविधिको प्रवद्र्धनका लागि काठमाडौँ महानगरपालिकाका २५ सामूदायिक विद्यालयमा आविष्कार क्लब

  • शुक्रबार, माघ ९, २०७७
  • मिर्मिरे अनलाइन

  • 13.1K
    SHARES

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले काठमाडौँ महानगरपालिका क्षेत्र भित्रका २५ वटा सामूदायिक विद्यालयमा विज्ञान, प्रविधि, इन्जिनियरिङ, मानविकी र गणित शिक्षाको प्रवद्र्धनका लागि आविष्कार ९स्टीम क्लब० कार्यक्रम सञ्चालन गर्ने भएको छ । काठमाडौँ महानगरपालिकाले महानगरपालिका क्षेत्र भित्रका छनोटमा परेका २५ वटा विद्यालयमा पहिलो चरणका लागि उक्त कार्यक्रम सञ्चालनका लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।
विद्यार्थीमा विज्ञान तथा प्रविधिको सिकाइको विकास गर्ने, व्यक्तिगत अभिरुचिको विकास र प्रयोग गर्ने मञ्च उपलब्ध गराउने, आविष्कारमुलक सिकाइको प्रवद्र्धन गर्नेलगायतका उदेश्यले सुरुवात गरेको सो कार्यक्रम सञ्चालनका लागि काठमाडौँ महानगरपालिकाले छनोटमा परेका ती सबै विद्यालयलाई रु एक–एक लाख अनुदान दिएको छ ।
अनुदानका लागि सम्झौतापत्रमा हस्ताक्षर तथा चेक हस्तान्तरण कार्यक्रमपछि सम्वोधन गर्दै काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले नयाँ सोचका साथ ल्याएको उक्त कार्यक्रमलाई व्यवहारिक रुपमा लागु गर्न विद्यालयका प्रधानाध्यापकहरुलाई आग्रह गनुभयो । ‘काठमाडौँ महानगरपालिकाले नयाँ सोचका साथ यो कार्यक्रम ल्याएको छ । यसलाई व्यवहारिक रुपमा लागु गर्न तपाईँहरु लाग्नुहोला,’ शाक्यले भन्नुभयो, ‘सामूदायिक विद्यालयका शिक्षकले निजी विद्यालयमा विद्यार्थीको चाप बढी भयो भनेर चिन्ता लिने होइन । गुणस्तरीय शिक्षाका लागि योगदान दिएर सामूदायिक विद्यालयप्रतिको आकर्षण बढाउनतर्फ केन्द्रित हुनुपर्छ ।’
उहाँले सामूदायिक विद्यालयमा राज्यको ठूलो लगानी रहेको भन्दै राज्यको नीति अनुसार सर्वसुलभ र गुणस्तरीय शिक्षा दिई निजीको भन्दा राम्रा विद्यार्थी उत्पादन गर्नुपर्नेमा जोड दिनुभयो । ‘गुणस्तरीय शिक्षा दिन नसक्ने अनि निजी विद्यालयलाई गाली गर्ने कुरा उचित होइन,’ उहाँले भन्नुभयो, ‘निजीले लगानी गरेको हुन्छ । त्यहाँ व्यापारिक प्रतिफलको पनि अपेक्षा हुन्छ । तर, सामूदायिकले प्रतिफलको अपेक्षा गर्ने भनेको आफ्नो विद्यालयमा पढेका विद्यार्थीको भविष्य सुनिश्चित होस् भन्ने हो । तपाईँहरुले गौरवका साथ भन्न सक्नुहोस् कि निजी विद्यालयमा अध्ययन गरेका भन्दा मेरो विद्यालयमा अध्ययन गरेका विद्यार्थी अब्बल छन् ।’
शाक्यले विद्यालय शिक्षा अहिले स्थानीय सरकारको मातहतमा रहेको भन्दै महानगरपालिका आवश्यक लगानी गर्न तयार रहेको पनि स्मरण गराउनुभयो । ‘हामी पूर्वाधारलगायतका लगि लगानी गर्न तयार छौँ,’ शाक्यले भन्नुभयो, ‘तर, गुणस्तरीय शिक्षा दिने जिम्मेवारी तपाईँहरुको हो । सामूदायिकमा पढेको विद्यार्थीले आफुले चाहेको क्षेत्रमा प्रवेश गर्न चाहना राख्दा निजीको भन्दा अब्बल बन्न सकोस् । त्यसमा तपाईँहरुको कमजोरी नहोस् ।’
काठमाडौँ महानगरपालिका सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले पनि महानगरपालिकाले नयाँ कार्यक्रम ल्याएको भन्दै त्यसलाई सफल बनाउन सबै प्रधानध्यापकलाई आग्रह गर्नुभयो । ‘हामीले पहिलो चरणमा २५ वटा विद्यालय छनोट गरेका छौँ । ती मध्ये पनि शिवपुरी माध्यामिक विद्यालयलाई हव विद्यालयका रुपमा छनोट गरेका छौँ’ बस्नेतले भन्नुभयो, ‘यो क्रार्यक्रमको छनोटमा परेका विद्यालयहरुमा कक्षा–९ सम्मका १५ देखि २० जना सम्म विद्यार्थीको सहभागितामा आविष्कार क्लब गठन गरिने छ । यो कार्यक्रम सम्वन्धित विद्यालयसँग सम्झौता भएको मितिदेखि सञ्चालन भई २०७८ असार मसान्तभित्र सम्पन्न गरिसक्नु पर्ने छ ।’
बस्नेतले उक्त क्लबका विद्यार्थीसँग सम्वन्धित विषयका शिक्षकहरुमार्फत गरिने विभिन्न कार्यशालामा भाग लिने, विद्यालयका विज्ञान शिक्षकहरुको भेला आयोजना गरी त्यसको अनुगमन गर्ने जस्ता कार्य हुने पनि बताउनुभयो । ‘कार्यक्रमको अन्त्यमा प्रत्येक विद्यालयका अविष्कार क्लबहरुको सहभागितामा हब विद्यालयमा आविष्कार मेलाको आयोजना गरिने छ,’ बस्नेतले भन्नुभयो, ‘यो मेलामा दिएको समस्याको उत्तम हल निकाल्ने विद्यालय तथा विद्यार्थीलाई पुरस्कृति गरिने छ ।’
सहरी योजना आयोगका सचिवलाय प्रमुख डिल्लीराम बाँस्तोलाले २५ वटै विद्यालयलाई सुरुमा ८५ हजार अनुदान दिएको भन्दै प्रतिवेदन प्राप्त भएपछि थप २५ हजार दिने बताउनुभयो ।
पहिलो चरणको छनोटमा शिवपुरी माध्यामिक विद्याल, बाँसवासी माध्यामिक विद्यालय, धुम्रबराह माध्यामिक विद्यालय, टंगाल माध्यामिक विद्यालय, जनकल्याण माध्यामिक विद्यालय, मित्र आधारभूत विद्यालय, श्रम राष्ट्रिय माध्यामिक विद्यालय, गुह्येश्वरी माध्यामिक विद्यालय, रत्नराज्य माध्यामिक विद्यालय, विश्व निकेतन माध्यामिक विद्यालय, महेन्द्र सरस्वती सेवा आधारभूत विद्यालय, सरस्वती निकेतन माध्यामिक विद्यालय, जनप्रभावत माध्यामिक विद्यालय, नील बाराही माध्यामिक विद्यालय, जनपथ माध्यामिक विद्यालय, गितामाता माध्यामिक विद्यालय, सिद्धि गणेश माध्यामिक विद्यालय, शान्ति शिक्षा मन्दिर माध्यामिक विद्यालय, भक्त विद्याश्रम माध्यामिक विद्यालय, परोपकार आदर्श माध्यामिक विद्यालय, नवयुग माध्यामिक विद्यालय, प्रभाव माध्यामिक विद्यालय, पद्मकन्या विद्याश्रम माध्यामिक विद्यालय, भिमसेनगोला माध्यामिक विद्यालय, कोटेश्वर सरस्वती माध्यामिक विद्यालय रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी