रुसमा २० वर्षदेखि निरन्तर शासन गरीरहेका संसारकै शक्तिशाली नेता मध्यका एक भ्लादीमीर पुटिन् । उमेरले उनी अहिले ६८ वर्षको भएका छन् । उनी गुप्तचर सेवा हुँदै प्रधानमन्त्री राष्ट्रपति भएका व्यक्ति हुन् ।
उनी भौतिक रुपमा तेक्वान्दो खेल्ने, जंगलमा शिकार गर्ने, समुन्द्रमा नाउ कुदाउने, हतियार चलाउने, घोड चढी गर्ने जस्ता धेरै फिजिकल एक्सनमा उनलाई देखिदै आएको छ ।
हालै रुसी राष्ट्रपति कार्यलयको आधिकारीक सामाजिक सञ्जालमा पुटिनले यो चिसो मौसममा माईनस् १४ डिग्री तापक्रम रहेको र वरिपरि वरफ रहेको पोखरीमा डुबुल्की मारेको तस्वीर भिडियो भाईरल बनिरहेको छ ।
उनले सो पोखरीमा डुबुल्की मार्नुको कारण भने धार्मिक आस्था भएको हुन सक्ने बताईएको छ ।
तर यो उमेरमा उनको सक्रिय जीवनशैली देखेर दंग पर्नेहरु धेरै छन् ।
https://twitter.com/i/status/1351494268217602048
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline