आन्दोलन गर्दा गर्दै उखु किशानले ज्यान गुमाए तर फेरी पनि सम्झौता अनुसार पैसा पाएनन्

आन्दोलन गर्दा गर्दै उखु किशानले ज्यान गुमाए तर फेरी पनि सम्झौता अनुसार पैसा पाएनन्

  • मङ्लबार, माघ ६, २०७७
  • मिर्मिरे अनलाइन

  • 12.5K
    SHARES

माघ ६ काठमाण्डौं । पटक पटक भुक्तानी दिलाउने आस्वासनमा आन्दोलन सम्झौतामा टुंग्याउदै आएका उखु किशानले यस पटक पनि सम्झौता अनुसार किशानले भुक्तानी पाउन नसकेको गुनासो गरेका छन् । काठमाण्डौमा चिसो मौसममा समेत लामो आन्दोलन गरेका किशान मध्य एक जनाको मृत्यु समेत भएको थियो ।
लामो समयदेखि बक्यौता नपाउदा कृषकहरुले आफ्नो घरबासै बेच्नु पर्ने अवस्था समेत आएको थियो । यसबीचमा केही मिलहरुले केही रकम भुक्तानी गरे पनि पुरै रकम नदिएको उनीहरुको गुृनासो छ ।
सरकार र उखु किसानबीच भएको सहमतिको समय सकिँदा १९ करोड २० लाख रुपैयाँ भुक्तानी हुन बाँकी रहेको पाइएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गृह मन्त्रालयलाई बुझाएको विवरणअनुसार उखु उद्योगीले ७० करोड ५८ लाख रुपैयाँमध्ये ५१ करोड ३८ लाख रुपैयाँ मात्रै भुक्तानी गरेका छन् ।

‘सोमबार दिउँसोसम्मको तथ्यांकअनुसार उद्योगीहरूले ५१ करोड ३८ लाख रुपैयाँ वितरण गरेका छन् ।
उखुको बक्यौता रकम माग्दै मंसिर २८ देखि माइतीघरमा आन्दोलनरत उखु किसानले पुस १३ मा सरकारसँग सहमति गरेका थिए । सम्झौतापत्रमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले चिनी उद्योगीले किसानलार्ई भुक्तानी गर्नुपर्ने बक्यौता रकम सम्बन्धित उद्योगबाट २१ दिनभित्र उपलब्ध गराउने व्यवस्था मिलाउने उल्लेख छ । सहमतिको अवधि सोमबार सकिएको छ ।

यसअघि २०७६ पुस १८ मा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टकै उपस्थितिमा उखु किसानबीच सहमति भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी