मानिसहरु कतिपयले अन्न नाश पारेर ओखाई पोखाई खान पाएका छन् । कुकुर जस्ता पाल्तु जनावारका लागि पनि खर्च उतिनै गरेका हुन्छन् । तर एक तथ्याकं अनुसार विश्वमा ८० देखि ९० लाख मानिसको खान नपाएर मृत्यु हुने गरेको तथ्याकंले देखाएको छ ।
भोकको शिकारमा नागरिक र बालबालिकाहरु सबै भन्दा धेरै अफ्रीकी मुलुकहरुमा रहेको बताईन्छ । अहिले यमनको एक बालकले ठूलो भोकको सामना गरीरहेका छन् । ती बालकको सात वर्षमा केवल सात किलो तौल रहेको छ । उनको तस्वीर यतिखेर विभिन्न अन्तराष्ट्रिय सञ्चार माध्यममा आईरहेका छन् ।
फैयद समिम नामका ती बालक प्यारालाईसिस र कुपोषणको शिकार भएको समाचारमा उल्लेख छ ।
उनलाई गंभीर अवस्थामा यमनको राजधानी स्थित एक अस्पतालमा भर्ना गरेर उपचार शुरु भएको रोयटर्सले जनाएको छ । यमनमा मात्रै बर्षेनी दशौं हजार मानिसको कुपोषणका कारण मृत्यु हुने गरेको छ ।