जब बैंकमा पैसा झिक्न मरेको लाश पुग्यो, कर्मचारीको भयो भागाभाग !

जब बैंकमा पैसा झिक्न मरेको लाश पुग्यो, कर्मचारीको भयो भागाभाग !

  • बिहिबार, पुस २३, २०७७
  • मिर्मिरे अनलाइन

  • 21.2K
    SHARES

एजेन्सी पुष २३ । आजभोली प्राय सबै मानिससँग बैंकमा खाता खोलिएको छ । तर कुनै पनि खातावालाले उत्तराधिकारी राखेका छैनन् भने निकै ठूलो समस्या आउन सक्छ खातावालको मृत्यु पछि ।
भारतको बिहारमा यस्तो एउटा घटना सार्वजनिक भएको छ कि ५ जनवरीमा मृत्यु भएका महेश यादव नामका व्यक्तिको अन्तिम संस्कार गर्ने पैसा भएन । त्यस पछि स्थानीयहरु उनको खातामा पैसा रहेको भन्दै बैंकको शाखामा पुगे तर बैंकका कमचारीले केवाईसी अपडेट नभएको र नोमिनी नभएको भन्दै पैसा दिन ईन्कार गरे ।
लामो रस्साकस्सी पछि स्थानीयले मृतक महेशको लाश नै बोकेर बैंकमा गए । त्यस पछि बैंकका कर्मचारीको भागाभाग भयो ।
यो भारतको बिहारको राजधानी पटनाको घटना भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
केनरा बैंकमा मृतक महेशको खातामा एक लाख बढी रकम रहेको बताईएको छ ।
लाश नै बैकमा ल्याईए पछि तीन घण्टा सम्मको विवाद हुदा समेत बैकले पैसा दिएन तर म्यानेजरले आफ्नो तर्फबाट १० हजार रुपैया दिए पछि स्थानीय शान्त भएर त्यो लाश लिएर दाहासंस्कार गर्न फर्किएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी