अमेरिकी साइबर आक्रमणमा रूसको भूमिका अस्वीकार

अमेरिकी साइबर आक्रमणमा रूसको भूमिका अस्वीकार

  • सोमवार, पुस ६, २०७७
  • मिर्मिरे अनलाइन

  • 14.4K
    SHARES

एजेन्सी, ६ पुस । संयुक्त राज्य अमेरिकामा हालसालै गरिएको साइबर हमलामा कुनै पनि भूमिका रहेको भन्ने भनाइलाई रूसले अस्वीकार गरेको छ । महत्वपूर्ण साइबर आक्रमणमा रुसको हात रहेको अमेरिकी आरोप प्रमाणहीन रहेको रूसको दावी छ ।

अमेरिकी सांसदहरूले गत हप्ताको अन्तमा सरकारी एजेन्सीहरूमा भएको साइबर आक्रमणलाई कडा प्रतिक्रियाका लागि आग्रह गरेका र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसप्रति औंला ठड्याउन नचाहेकोमा आलोचना गरेका छन् ।

रूसलाई ह्याकका लागि जिम्मेवार भन्दै रूसी प्रशासनको अमेरिकी अधिकारीहरूले व्यापक आलोचना लगाइरहेको छन् ।

राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले साइबर हमलाबारे वाशिङ्गटनमा जारी सार्वजनिक बहससँग रूसको कुनै सम्लग्नता नरहेको बताउनुभयो ।

“रूस यी आक्रमणमा सम्लग्न छैन,” पेस्कोभले सोमबार पत्रकारहरुसँग भन्नुभयो ।

टेक्सासस्थित आईटी कम्पनी सोलारवाइन्ड्सद्वारा निर्मित उद्यम प्रबन्धन नेटवर्क सफ्टवेयरको प्रयोग गरी आक्रमणकारीहरूले कम्प्युटर नेटवर्कहरूमा आक्रमण गर्न सफल भएका अमेरिकी अधिकारीले बताएका छन् ।

अमेरिकी ट्रेजरीसहितका सरकारी निकायहरू रहेका व्यक्तिहरू पनि प्रभावित भएका आक्रमण गराउन सहयोग गरेको हुनसक्ने अनुसन्धानकर्ताहरूले बताएका छन् । यसले विश्वव्यापी साइबर आक्रमणको लक्ष्यमा अमेरिका र अमेरिकी संस्थाहरू परेको देखिएको उनीहरूले बताएका छन् ।

पेसकोभले भन्नुभयो,“रसियाको सम्लग्नताका कुनै पनि आरोप बिल्कुल निराधार छन् र अन्धोरूपमा व्यक्त हुने रूसप्रतिको घृणा (रूसोफोबिया) को निरन्तरता हो ।”

क्रेमलिनले यूक्रेनको विद्युतीय प्रणालीलाई लक्षित गरी गरिएको आक्रमणमा रूसी गुप्तचरको हात रहेको भन्ने अमेरिकी आरोपलाई यस अघिपनि अस्वीकार गरेको थियो ।

पेस्कोभले भन्नुभयो, “रूसको संलग्नताका कुनै पनि आरोप बिल्कुल निराधार छन् र अन्धा रसोफोबियाको निरन्तरता हो,“ पेस्कोभले भने ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी