चन्द्रमाको ढुंगा आईपुग्यो पृथ्वीमा, चाङ इ–फाइभ सफलतापूर्वक चीनमा अवतरण

चन्द्रमाको ढुंगा आईपुग्यो पृथ्वीमा, चाङ इ–फाइभ सफलतापूर्वक चीनमा अवतरण

  • बिहिबार, पुस २, २०७७
  • मिर्मिरे अनलाइन

  • 24K
    SHARES

एजेन्सी, २ पुस । बिज्ञान र प्रवृधिको क्षेत्रमा चीनले ठुलो फड्को मार्दै गएको छ । पहिलो पटक उसले चन्द्रमाको ढुंगा पृथ्वीमा लिएर आएको छ ।

चन्द्रको ढुंगा लिन गएको चीनको चाङ इ–फाइभ यान सफलतापूर्वक अवतरण भएको छ । उक्त यान चन्द्रमाको सहतमा पुगेर पृथ्वीमा फर्किएको छ ।
चन्द्रमाको सतहबाट केही चट्टान लिएर उक्त यान चीन फकिएको बताइएको छ ।

चाङ इ–फाइभ यान स्थानीय समय अनुसार बुधबार मंगोलियाको भितारी क्षेत्रमा अवतरण गरेको बीबीसीले उल्लेख गरेको छ ।

गत नोभेम्बर २४ मा चीनले सो यान दक्षिण चीनको वेनचाङ स्टेशनबाट प्रक्षेपण गरेको थियो ।

चीनले जारी राखेको अनुसन्धानका क्रममा ४० वर्षपछि चन्द्रमामा रहेका नमूना अनुसन्धानका लागि पृथ्वीमा ल्याउन सफल भएको हो ।
चाङ इ–फाइभ चन्द्रमाबाट चट्टान लिएर चीन फर्कियो
चाङ इ–फाइभ यानले पाँच किलो वजन भएको नमूना पृथ्वीमा ल्याएको बताइएको छ ।

यसअघि रुसले सन् १९७६ मा लुना–२४ मिशन यानमार्फत चन्द्र सतहको २ सय ग्राम माटो पृथ्वीम ल्याएको थियो ।

त्यसअघि अमेरिकाको एपोलो ११ यानले पनि चन्द्रमाको सहतहबाट ढुंगा र मोटाको नमूना ल्याएको बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी