एजेन्सी मंसीर २७ । विश्वको ठूलो जनसंख्या भएको मुलुक चीनमा लैगिंक सांख्यिक भिन्नता एक जटिल चुनौती बन्दै गएको छ । चीनको जनसंख्या मध्य महिलाको भन्दा पुरुषको संख्या बढीरहेको छ । सिचुआन बाहेक धेरै प्रान्तमा महिलाको अनुपातमा पुरुषहरु धेरै रहेका छन् । एक अध्ययन अनुसार चीनमा प्रत्यक ११ जना युवा मध्य एक जनाले बिबाह गर्ने समान उमेरको युवती पाउन सक्दैनन् । विवाह गर्न योग्य महिलाको जनसंख्या ३ करोड ४९ लाखले कमी रहेको अध्ययनले देखाएको छ । चीनको यो जनसांख्यीक असन्तुलन कम हुन अझै ५० देखि ६० बर्ष लाग्न सक्ने विज्ञहरुले बताएका छन् । सन् २०१९ को तथ्यांक अनुसार १२० पुरुष बराबर १०० जना मात्र महिलाको अनुपात रहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline