एजेन्सी मंसीर २४ । विज्ञान र प्रविधिको क्षेत्रमा चमत्कार गरीरहेको चीनमा अहिले एकाएक चर्चामा आएकी छिन् २४ वर्षकी वैज्ञानिक झोउ चेगं यु । चीनले केही दिन पहिला चन्द्रमामा पठाएको मिसन चागं यी ५ को मुख्य कमाण्डर झोउ रहेकी छिन् ।
यति कलिलो उमेरमै उनले स्पेसको क्षेत्रमा उत्कृष्ट काम गरे पछि चीनीया सामाजिक सञ्जालमा उनी छाईरहेकी छिन् ।
उनले चन्द्रमामा पठाईएको रकेट सिस्टमको कमाण्डर रहेकी थिईन् । उनको भूमिका का कारण चीनले चन्द्रमामा सफलतापुर्वक झण्डा फहराएको छ भने त्याहाँको चट्टान ड्रिल गरेर च्टटानको टुक्रा र माटो लिएर सो मिसन पृथ्वीतिर फर्किरहेको छ ।
यो भन्दा पहिला रुसले सन् १९७६ मा चन्द्रमामा झण्डा फहराउनुका साथै २ सय ग्राम माटो ल्याएको थियो ।
चीनले यस अघि पनि दुई पटक चन्द्रमामा यान सफलतापुर्वक पठाएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline