कोरोना संक्रमित पत्ता लगाउन कुकुर परिचालन !

कोरोना संक्रमित पत्ता लगाउन कुकुर परिचालन !

  • मङ्लबार, मंसिर २३, २०७७
  • मिर्मिरे अनलाइन

  • 18.4K
    SHARES

एजेन्सी मंसीर २३ । कोरोना संक्रमणले आक्रान्त बनाएको विश्वमा अनेकौँ उपायहरुको परीक्षण र खोजी भईरहने गर्दछ यसको नियन्त्रणका लागि । यसै सन्दर्भमा अस्ट्रेलियाले कोरोना संक्रमित पत्ता लगाउन विमानस्थलमा तालिम प्राप्त कुकुरको परिचालन गर्ने जनाएको छ । विमानस्थलमा खास गरी विदेशबाट आउने संभावित संक्रमितलाई कुकुरको माध्यमबाट परिचालन गर्ने तरीका अपनाउने भएको छ ।
कुकुरलाई पसिनाबाट आउने विशेष किसिमको गन्ध सुघ्न लगाएर त्यसको माध्यमबाट प्रारम्भिक चरणमा संक्रमितको पत्ता लगाउन तालिम दिइएको छ ।

यस प्रक्रियाको अनुसन्धान गरिरहेकी एडिलेड विश्वविद्यालयकी अनुसन्धानकर्ता डा. सुसन हाजेलले आफूले आवश्यक तालिम गरिसकेको र अर्को चरणमा यस्ता तालिमप्राप्त कुकुरलाई अन्तर्राष्ट्रिय यात्रु आउने विमानस्थलमा तैनाथ गरिने रहेको बताएकी छन् । उनले सुरुवाती चरणको पीसीआर परीक्षणको नतिजा नेगेटिभ आएका व्यक्तिसमेत संक्रमित रहेको यस्ता तालिम प्राप्त कुकुरले पत्ता लगाएको बताएकी छन् ।

यस कार्यको थालनी अस्ट्रेलियन बोर्डर फोर्स, जैविक सुरक्षा विभाग, आपत्कालीन सेवा र एडिलेड युनिभर्सिटीको सहकार्यमा सुरु गरिएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी