चीनले बनायो विश्वकै पहिलो शक्तिशाली क्वान्टम कम्युटर, घामको किरणबाट सञ्चालन हुन्छ

चीनले बनायो विश्वकै पहिलो शक्तिशाली क्वान्टम कम्युटर, घामको किरणबाट सञ्चालन हुन्छ

  • आइतवार, मंसिर २१, २०७७
  • मिर्मिरे अनलाइन

  • 16.4K
    SHARES

एजेन्सी मंसीर २१ । विज्ञान र प्रविधिको क्षेत्रमा विश्वको सुपरपावर बन्ने दौडमा रहेको चीनका वैज्ञानिकहरुले विश्वमै पहिलो पटक क्वान्टम कम्युटर बनाएका छन् । वैज्ञानिकरुका अनुसार यो घामको किरणमा आधारीत भएर सञ्चालन हुनेछ । यो कम्युटर परम्परागत सुपरकम्युटर भन्दा धेरै तीव्र गतिमा चल्नेछ ।
चीनीया सञ्चारमाध्यमहरुमा प्रकाशित समाचार अनुसार यस कम्युटरको मद्धतबाट ठूला ठूला मेसिनहरु बनाउने पद्धतिमा मौलिक बदवाल ल्याउनेछ ।
यो कम्युटरको नाम ‘जियूझांग’ राखिएको छ । यो चीनको प्राचीन गणित ग्रँन्थ हो । यो कम्युटर क्षेत्रमा ठूलो उपलव्धि हो । यसको मद्धतबाट भौतिक विज्ञान, चिकत्सा क्षेत्र र कृत्रिम बौद्धिकतामा उपलव्धि हासिल हुनेछ । चीनले क्वान्टम प्रविधिको विकासमा ठूलो लगानी गरीरहेको छ ।
यो क्वान्टम कम्युटरले २ सय सेकेण्डमा गर्न सक्ने गणना परम्परागत सुपर कम्युटर फुकागुले ६० करोड बर्षमा मात्रै गर्न सक्छ । चीनले क्वान्टम आधारीत भूउपग्रहको प्रक्षेपण सन् २०१७ मा गरेको थियो । त्यस्तै चीनले २००० किलो मिटर लामो ह्याक प्रुफ क्वान्टम सञ्चार लाईन बेईजिङबाट सोझै सांघाई सम्मको उद्घाटन गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी