चन्द्रमामा अवतरण गरेको चीनीया यानले चन्द्रमाको २ किलो माटो र ढुंगा लिएर फर्कने !

चन्द्रमामा अवतरण गरेको चीनीया यानले चन्द्रमाको २ किलो माटो र ढुंगा लिएर फर्कने !

  • बुधबार, मंसिर १७, २०७७
  • मिर्मिरे अनलाइन

  • 26.3K
    SHARES

एजेन्सी मंसीर १७ । विज्ञान र प्रविधिको क्षेत्रमा एक पछि अर्को फड्को मार्दै गएको चीनले अन्तरीक्षमा अर्को ठूलो सफलता हात पारेको छ ।
चन्द्रमामा ल्याण्ड गरे पछि यो यानले पहिलो तस्वीर पठाएको छ । २४ नोभमेम्बरमा लगं मार्च ४ मार्फत यो यान पठाईएको थियो ।
४४ बर्ष पछि पहिलो पटक चन्द्रमाको सतहमा चीनीया मिसन यान पुगेको हो । यस अघि रुसको लुना २४ मिसन २२ अगष्ट १९७६ मा चन्द्रमामा पुगेको थियो । यसले २ सय ग्राम चन्द्रमाको माटो ल्याएको थियो ।
चीनको यस यानले २ किलो चन्द्रमाको माटो र ढुंगा लिएर पृथ्वीमा फर्कने छ ।
चीनको यो मिसनमा रहेको ल्याण्डरले चन्द्रमाको चट्टान र माटो खन्ने छ । त्यसले चन्द्रमाको वरिपरी चक्कर काटीरहेको अरबिटमा माटो पुर्याउने छ भने त्यसले पुनः अन्तरीक्षमा घुमिरहेको यानमा त्यस माटोलाई पुर्याउने छ । यस यानले सो माटो पृथ्वीमा ल्याउनेछ ।
यो मिसनमा २३ दिन लाग्ने चीनीया वैज्ञानिकहरुले बताएका छन् । चीनले चन्द्रमामा पठाएको शक्तिशाली रकेट १८७ फिट लामो र ८७० टन वजनको रहेको छ ।
यस अघि चीनले चन्द्रमामा कपास उमारेको थियो । चन्द्रमामा संभावित मानव वस्ती बसाउन संसारका वैज्ञानिकहरुले अनुसन्धान गरीरहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी