मंसीर १५ काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा कोरोना परीक्षणको नयाँ विधि एन्टिजेन परीक्षण सुरु गर्ने तयारी गरेको छ । यो बिधिबाट परीक्षण गर्दा आधा घण्टामै रिपोर्ट आउने छ । यस अघि रिपोर्ट आउन दुई दिन भन्दा बढी समय लाग्ने गरेको थियो ।
पहिलो चरणमा काठमाडौं महानगरपालिका जोखिमपूर्ण स्थान र पहिचान गरी परीक्षण गर्न लागेको राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमु्ख बासुदेव पाण्डेले जानकारी दिनुभयो । कोरोना पहिचानमा एन्टिजेन परीक्षण विधि नयाँ हो । जसअनुसार परीक्षणको रिपोर्ट आधा घण्टाभित्र आउने र कुनैपनि व्यक्तिको शरीरमा कोरोना संक्रमण हुन लागेको दुई तीन दिनभित्रै भाइरस पत्ता लाग्ने जनाइएको छ ।
काठमाडौं महानगरपालिकाको ४, ७ ,९ वडामा पहिलो भोली र मंसिर १७ मा १४, १६, १० वडाका जोखिम स्थान तोकी परीक्षण हुने छ । बिश्व स्वास्थ्य संगठन डब्ल्युएचओका अनसार यो परीक्षणमा ८५ प्रतिशत परिणाम हुने मान्यता छ ।
एन्टिजेन परीक्षण आज महानगरपालिकाले जोखिम पहिचान गरेको गौरीघाट, चाबहिल, बिशालनगर, धुम्बाराही, बत्तिसपुतली र मित्रपार्कमा परीक्षण गरिनेछ ।