दाङमा माइक्रोसफ्ट अफिस स्पेसलिस्ट वल्र्ड च्याम्पियनसीप–२०२१ हुँदै

दाङमा माइक्रोसफ्ट अफिस स्पेसलिस्ट वल्र्ड च्याम्पियनसीप–२०२१ हुँदै

  • आइतवार, मंसिर १४, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.6K
    SHARES

दाङ, १३ मंसिर । दाङमा रहेको हाईटेक कम्प्युटर इन्स्टिच्युटले विद्यार्थीलाई यसवर्ष माइक्रोसफ्ट अफिस स्पेसलिस्ट वल्ड च्याम्पियनसीपमा लैजाने भएको छ । इन्स्टिच्युटले मापदण्ड पुगेका दाङका सबै विद्यार्थीलाई च्याम्पियनसीपमा सहभागी गराउने भएको हो ।

जिल्ला स्तरीय प्रतियोगिता संचालन गर्नको लागि इन्स्टिच्युटले दाङ जिल्ला भित्र रहेका सम्पूर्ण विद्यालय तथा कलेजसंग सहकार्य गर्ने भएको छ । प्रतियोगितामा भाग लिन चाहानेहरुको लागि रजिष्टे«शन पुस १ गते देखि हुने हाईटेक कम्प्युटर इन्स्टिच्युटले जनाएको छ ।

प्रतियोगितामा १३ वर्ष पूरा भई २२ वर्षसम्मको जो कोही सहभागी हुन सक्ने हाईटेक कम्प्युटर इन्स्टिच्युटका संस्थापक यामबहादुर सोतीले बताउनुभयो । अघिल्लो वर्ष १३ देखी १८ वर्ष उमेर समूहलाई प्रतिस्पर्धा गराईएको उहाँले जानकारी दिनुभयो ।
प्रतियोगिता जिल्ला स्तरीय, राष्ट्रिय र अन्तराष्ट्रिय गरी तीन तहमा संचालन हुने गर्दछ । जिल्ला स्तरको परीक्षा सफल गरेकाबाट छानिएका जिल्ला स्तरीय विजेताहरु नेशनल च्याम्पियनसीपका लागि काठमाण्डौ जानेछन् ।
काठमाण्डौमा ७७ जिल्लाबाट छानिएका ४ सय ६२ जना बिजेताहरु बीच प्रतिस्पर्धा हुनेछ । काठमाण्डौबाट प्रत्येक विधाका २ जना गरी शीर्ष ६ जना विद्यार्थी वल्र्ड च्याम्पियनसीपमा नेपालको प्रतिनिधित्व गर्दै अमेरिकाको ओर्लान्डो, फ्लोरिडा जाने छन् । माइक्रोसफ्ट अफिस स्पेशलिस्ट वल्र्ड च्याम्पियनसीपमा विद्यार्थीलाई सहभागी गराउनका लागि हाईटेक कम्प्युटर इन्स्टिच्युट दाङ जिल्लाको अधिकारीक संस्था हो ।

के हो माइक्रोसफ्ट अफिस स्पेशलिस्ट वल्र्ड च्याम्पियनसीप ?

माइक्रोसफ्ट अफिस स्पेशलिस्ट वल्र्ड च्याम्पियनसीप एक ग्लोबल कम्पीटिसन हो । जसले विद्यार्थीको माइक्रोसफ्ट अफिस वर्ड, एक्सल र पावरपोइन्टमा सीप परीक्षण गराउनुका साथै विद्यार्थीलाई माईक्रोसफ्ट सर्टिफिकेशन उपलब्ध गराउँदछ ।

माईक्रोसफ्ट सर्टीफिकेशन एक अन्तराष्ट्रिय प्रमाण पत्र हो । विगत १८ वर्ष देखी यस च्याम्पियनसीप भैरहेको र सन् २०२० मा १३५ देशका १० लाख भन्दा बढी विद्यार्थीले सहभागिता जनाएका थिए । यस प्रतियोगितामा यस अघि २०१३ मा वल्र्ड च्याम्पियनसीपको उपाधि नेपालका हिमाल श्रेष्ठले हासिल गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी