अज्ञात समुहद्वारा पोल्ट्री फर्ममा आगजनी

अज्ञात समुहद्वारा पोल्ट्री फर्ममा आगजनी

  • मङ्लबार, मंसिर ९, २०७७
  • -डम्मर राज भट्ट्

  • 8.7K
    SHARES

कन्चनपुर ९ मंसिर . कञ्चनपुरमा रहेको भीमदत्त नगरपालिका १ भाँसी स्थित रहेको किसान पोल्ट्री सप्लायर्स फर्ममा आगजनी भएको छ । गयराती अज्ञात समुहले भीमदत्त नगरपालिका १ भाँसी स्थित किसान पोल्ट्री सप्लायर्सको फर्ममा आगजनी गरेको छ ।

विगत तीन बर्षदेखि किसान पोल्ट्री सप्लायर्सका संचालक किरण साउदले सो क्षेत्रमा फर्म खोलेर बोईलर कुखुरा पाल्दै आएका थिए । स्थानीय ओम मल्लको जमिन भाडामा लिएर व्यवसाय गर्दै आएका साउदको फर्ममा आगजनी गरेपछि सम्पूर्ण समान नष्ट भएका छन ।

‘खोर सफाई गरेर नयाँ कुखुरा पाल्ने तयारी गरेका थिए, ‘साउदले भने, ‘एक्कासी राती अज्ञात समुहले फर्ममा आगजनी नै गरिदिए ।’ आगजनीबाट झण्डै २० लाख बराबरको क्षति भएको छ । साउदका अनुसार दाना ९ लाख १३ हजार, विद्युत १ लाख, २० हजार, छाना १ लाख ३६ हजार, औषधी १लाख २०हजार, कुखुराका लागि आहार खुवाउने भाडा २ लाख ६२ हजार लगायतका अन्य विवित समाग्री सहित २०लाख बराबरको समान नष्ट भएको छ । ‘नयाँ कुखुरा राख्ने तयारी गरेपछि कामदार पनि घर गएका थिए, ‘उनले भने, ‘यही मौका छोपी कुनै फहाट व्यक्ति समुहले आगजनी गरिदिए ।’


यसरी उद्यममा रहेका युवाको व्यवसाय चौपट हुने हिसाबले आगजनी नै गरिदिएपछि मेहनती इमान्दार उद्यमीलाई निरुत्साहित पार्ने काम भएको व्यवसायीको भनाई छ ।

किसान पोल्ट्री सप्लायर्सको फर्मका संचालक साउद सहित अन्य पोल्ट्री फर्ममा संचालक एव युवा उद्यमी व्यवसायी आगजनी जस्तो अपराधिक गतिबिधीमा संलग्नमाथि कार्बाहीको माग अघि सारेका छन् । घटनाको सत्यतथ्य छानबिन गरेर दोषि उपर कार्बाही गरिनुपर्ने उनीहरुको माग छ । जिल्ला प्रहरी कार्यालयले घटनाको छानबिन भईरहेको जनाएको छ । कञ्चनपुरका प्रहरी प्रवक्ता अमर बहादुर थापाले आगजनीको कारण बारे अनुसन्धान भईरहेको बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी