अनौठो घटनाः ६२ दिन देखि कोमामा बसेका एक बिरामीलाई मन पर्ने खानाको नाम भाईले लिने वित्तिकै आयो होस्

अनौठो घटनाः ६२ दिन देखि कोमामा बसेका एक बिरामीलाई मन पर्ने खानाको नाम भाईले लिने वित्तिकै आयो होस्

  • मङ्लबार, कार्तिक २५, २०७७
  • मिर्मिरे अनलाइन

  • 11K
    SHARES

एजेन्सी कार्तिक २५ । मनपरेको खानेकुरा सम्झिने वित्तिकै मानिसहरुको मुख रसाउछ भनिन्छ । तर तपाईले सुन्नु भएको थिएन होला कि मन परेको खानेकुराको नाम लिने वित्तिकै दुई महिनादेखि कोमामा बसेका मान्छेको पनि होस् खुल्ला भनेर ।
तर यस्तै अनौठो घटना भएको छ ताईवानमा । चियु नाम गरेका एक युवा ६२ दिन देखि कोमामा उपचार गराईरहेका थिए । उनका दाजुले उनलाई मन पर्ने खानेकुराको नाम लिनासाथ उनको होस खुलेको त्याहाँको सञ्चार माध्यमहरुले जनाएका छन् । चियु स्कुटर दुर्घटनामा घाईते भएर उपचार गराईरहेका थिए ।
अस्पतालका चिकित्सकले उनको बाँच्ने चान्स कम भएको बताउने गरेका थिए । अस्पतालमा रहँदा उनको ६ पटक अप्रेसन गरिएको थियो । अस्पतालमा एक दिन उनका दाजुले जिस्केर भाई म तेरो फेवरेट चिकेन फिलेट खान लागेको छु भन्नासाथ उनी ब्युझिएका थिए । उनी होसमा आए पछि पल्स रेट पनि बढेको चिकित्सकहरले बताएका छन् । पछि निको भएर उनी घर फर्किएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी