एजेन्सी कार्तिक २४ । राष्ट्रपतिय निर्वाचनमा आफू बिजयी भएको २ बजे राति मतगणना हुँदा हुँदै घोषणा गरेर उल्लास मनाउने तयारी भएको ट्रम्पले बताए पनि अन्ततः मत परिणामले उनको सपना र भाषणलाई झुट्टा साबित गरिदियो ।
उनी निर्वाचनबाट पाखा लागे पछि अहिले चुनाव आफूले नै जीतेको धाँदली भएको भनेर कानुनी उपचार खोजीरहेका छन् । तर दुनियाले ट्रम्पलाई पराजीत भएको सन्देश दिईसकेका छन् ।
यस्तो स्थितिमा ट्रम्प तनावमा रहनु स्वभाविक हो । यस्तोमा एउटा अनौठो प्रस्ताव ट्रम्पलाई गरिएको छ । उनलाई जेरुसेलम नगरपालिकाले जागिरको अफर दिएको छ । सो नगरपालिकाले सामाजिक सञ्जालमा एक सन्देश लेख्दै ट्रम्पलाई रोजगारीको अफर गरेको हो । पोष्टमा भनिएको छ, चिन्ता नगर्नुस्, हामीसगँ थुप्रै रोजगारी छ र यसका लागि तपाई योग्य उम्मेद्धार हुन सक्नु हुन्छ ।
यद्यपि, यो पोष्ट तत्कालै हटाईएको थियो । नगरपालिकाका प्रवक्ताले यो पोष्ट अनजानमा भएको प्रतिकृया दिएका थिए ।
ट्रम्प आफैमा अर्बपति व्यापारी भएकाले उनलाई कुनै रोजगारीको जरुरी थिएन । तर ब्यग्यका लागि यस्तो पोष्ट लेखिएको देखिन्छ । ट्रम्प प्रशासनले नै जेरुसेलमलाई ईजरायलको राजधानीको रुपमा मान्यता दिदै अमेरीकी दुतावास सारेका दिए । जसको ईरान, युरोप सहित थुप्रै देशले बिरोध गरेका थिए । जेरुसेलमलाई आफ्नो भूमि भएको प्यालेष्टाईनीको मान्यता छ ।