निर्वाचन हारे पछि ट्रम्पलाई तनाव, श्रीमति मेलियानाले डिभोर्स गर्न लागेको सहयोगीले गरे दाबी

निर्वाचन हारे पछि ट्रम्पलाई तनाव, श्रीमति मेलियानाले डिभोर्स गर्न लागेको सहयोगीले गरे दाबी

  • आइतवार, कार्तिक २३, २०७७
  • मिर्मिरे अनलाइन

  • 19.2K
    SHARES

एजेन्सी कार्तिक २३ । धेरै पटक झुट बोलेको जस्ता आरोप खेपेका अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतिय निर्वाचनमा पराजयभएसगैँ उनका विभिन्न किस्सा सार्वजनिक हुन थालेका छन् ।
मेलियानाका एक पूर्व सहयोगीले दाबी गरे अनुसार अब उनलाई श्रीमति मेलियानाले समेत डिभोर्स दिने संभावना बढेको छ । डेलिमेलमा प्रकाशित समाचार अनुसार उनका पूर्व सहयोगी स्टेफनी वाल्काफले मेलियानाले बिबाह पछिको सम्झौतालाई लिएर छलफल गरीरहेका छन् । मेलियानाले छोरा बेरनका साथै ट्रम्पसगँ भएको सम्पत्तिको आधा हिस्सा माग गरीरहेको दाबी समाचारमा गरिएको छ ।
स्टेफनीले ह्वाईट हाउसमा ट्रम्प र मेलियानाको बेड समेत अलग अलग भएको दाबी गरेका छन् ।
ट्रम्पका पूर्व राजनीतिक सहयोगी ओमारोसा मेनिगल्टले ट्रम्प र मेलियानाको १५ वर्ष पुरानो बैबाहिक सम्बन्ध समाप्त हुन लागेको दाबी गरेका छन् । ह्वाईट हाउसबाट बाहिर आए लगत्तै मेलियानाले डिभोर्स दिने उनको दाबी छ ।
यसअघि मेलियानाले ट्रम्पसगँ महान सम्बन्ध भएको बताएकी थिईन् । ट्रम्पले दोस्रो श्रीमति मार्ला मेपल्ससगँ सम्बन्ध तोड्दा कुनै पनि पुस्तक नछाप्ने र अन्तवार्ता नदिने अनुबन्ध गरेका थिए ।
ट्रम्प र मेलियानाको प्रेम सन् १९९८ देखि शुरु भएको थियो । मेलियाना २८ वर्षको हँदा ट्रम्प ५२ वर्षका थिए । २००४ मा ट्रम्पले मेलियानालाई १५ लाख मिलियन डलरको हिराको हार दिएर बिबाहको प्रस्ताव गरेका थिए । २२ जनवरी, २००५ मा बिबाह गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी